ब्रेक फेल भइ बस दुर्घटना हुँदा दुईको मृत्यु, अठार घाइते

ब्रेक फेल भइ बस दुर्घटना हुँदा दुईको मृत्यु, अठार घाइते


अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु र अठार जना घाइते भएका छन् ।

वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज (१९ कात्तिक) साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएका र एक महिलाको घटनास्थलमै र अर्का एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको मल्लले बताए ।