- द्रोण अधिकारी, झापा
पोखराका कवि छन्दमणि त्रिपाठीको एकल कविता वाचन चन्द्रगढीमा सम्पन्न गरिएको गरिएको छ ।
लेखनाथ पुस्तकालय चन्द्रगढीको आयोजनामा छन्दवादी कवि त्रिपाठीद्वारा रचना गरिएका विभिन्न छन्दका कविता विभिन्न श्रष्टाहरूले वाचन गरेका हुन् ।
पुस्तकालयकी उपसभापति तथा कार्यक्रम संयोजक खगेन्द्रा खुसीको अध्यक्षता तथा झापाका छन्द कवि डिल्लीराज नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा त्रिपाठीका कविताहरूलाई गायक हस्त परियार, कवि विरही अधिकारी, गायिका राधा रिमाल, अनिता पौडेल, पंडित पीताम्वर अधिकारी, चन्द्रमणि पौडेल, प्राञ्जल दाहाल, आर्या त्रिपाठी, आयुष्मा घिमिरे लगायतले वाचन तथा गायन गरेका थिए ।
पुस्तकालयका सचिव हरिकिशोर आर्चायले सहजीकरण गरेको कार्यक्रममा झापा भद्रपुर लगायतका कवि, कवयत्री, तथा लेखकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया