शून्यतामा

शून्यतामा


विद्वान्हरुले भन्नेगरेका छन्
शून्यमा शून्य थप्यो भने पनि
शून्य नै हुन्छ,
हाम्रो संसद्को शून्य समयझैँ
मानवजातिको शून्य समयमा चाहिँ के हुन्छ ?
शुन्यतामा अडेको पृथ्वी
विशाल शून्यतामा अडेको आकाश
ब्रह्माण्डको संरचना
मानवजातिका लागि
शून्यको अर्थ के हुनसक्छ ?
जीवन र जगतको
परिभाषा र अर्थ खोज्दाखोज्दै
शून्यतामा हराउनेहरूका लागि
शून्यताको मूल्य मान्यता के हुनसक्छ ?
शून्यताको अर्थ कहाँनेर लुकेको हुन्छ ?

  • दिङ्गला, भोजपुर