पत्रकार तथा लेखक राजेश खनालको अर्को पुस्तक ‘चिकित्साका चौध तारा’ प्रकाशित भएको छ । यो उनको तेस्रो पुस्तक हो ।
यसअघि उनको ‘पाइला आफ्नै आफ्नै’ (व्यक्तिवृत्त) र ‘घुरको धुवाँ’ (संस्मरण) प्रकाशित छ ।
‘चिकित्साका चौध तारा’मा चौध जना वरिष्ठ चिकित्सकहरूको व्यक्तिवृत्त समेटिएको छ । जसमा डा. कृष्णजंग राणा, डा. गौरीशंकर लाल दास, डा. दिनेशनाथ गोङ्गल, डा. मणिन्द्ररञ्जन बराल, डा. मृगेन्द्रराज पाण्डे, डा. यन्तमणि प्रधान, डा. रामप्रसाद पोखरेल, डा. लोकविक्रम थापा, डा. विश्वराज दली, डा. शंकरप्रसाद उप्रेती, डा. सरस्वती पाध्ये, डा. सुदीपकुमार भट्टाचार्य, डा. सुन्दरमणि दीक्षित र डा. हेमाङ्ग दीक्षित रहेका छन् ।
कृतिभित्र दुई अग्रज चिकित्सकहरू डा. अञ्जनीकुमार शर्मा र डा. बुद्धिमान श्रेष्ठका विषयमा लेखिएको सम्झना संस्मरण राखिएको छ ।
नेपालको अग्रणी प्रकाशन संस्था रत्न पुस्तक भण्डारले खनालको पुस्तक प्रकाशन गरेको हो । पुस्तकको मूल्य ३९५÷– रुपैयाँ रहेको छ ।
प्रतिक्रिया