तिब्बतमा भूकम्पपछि १२११ परकम्पन

तिब्बतमा भूकम्पपछि १२११ परकम्पन


दक्षिण-पश्चिम चीनको स्वायत्त क्षेत्र तिब्बतको तिङ्ग्री काउन्टीमा गत मङ्गलबार बिहान आएको ६.८ म्याग्निच्युडको भूकम्पपछि बिहीबार अपरान्ह् ३ः०० बजेसम्म कूल १२११ वटा परकम्पनहरू पत्ता लागेको बताइएको छ ।

चीनको दक्षिणपश्चिमी क्षेत्र सिजाङ स्वायत्त क्षेत्रको डिङ्ग्री काउन्टीमा मङ्गलबार ६.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पका कारण १२६ जनाको मृत्यु हुनुका साथै १८८ जना घाइते भएका थिए भने फसेका ४०७ जनाको उद्धार गरिएको छ ।