गजल

गजल


तिमीथ्यौ बसेका, ती फाली हलामा
हँसायौ सजिलै, खसायौ खलामा ।

नबसौं भनेको, यो पापी धरामा
फसायौ टँसायौ, अभागी थलामा ।

गजक्कै फुलेथ्यौ, दिए झैँ जमानी
भसायौ धसायौ, ती तिम्रा कलामा ।

सबै सुन्छु भन्दै, म लोभी बनेको
सडायौ डढायौ, यी जादु गलामा ।

अभागी भनौँ कि, थिए भाग्यशाली
चढायौ बढायौ, लडायौ तलामा ।

  • कोमल, काठमाडौ