सीजी डिजिटलले आफ्नो सेवा विस्तार गर्दै बिर्तामोड, दमक, वीरगञ्ज, नवलपरासी र काठमाडौंको विशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ ।
यी शाखाहरूमा ग्राहकले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणहरू लगायतका धेरै प्रकारका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नेछन् । जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै:LG, CG, TCL, Godrej, Beko, Midea, Kent, Elica, Sensei, Black+Decker, Crompton, Nothing र Apple Iphone लगायतका उत्पादनहरू उपलब्ध छन् ।
आफ्ना सामानहरुको प्रदर्शन र सुपत मूल्यमा बिक्री वितरण तथा अन्तर्राष्ट्रिय स्तरको ग्राहकको सेवा, विशेष जानकारी तथा प्रयोग बारे शिक्षा प्रदान गराउने उद्देश्य सहित शोरुम संचालन गरिएको छ । दक्ष र अनुभवी सेल्स पर्सन हरुबाट यहाँ भएका विद्युतीइ सामग्रीहरुको पूर्ण जानकारी र यस विशेष अवसरमा ग्राहकहरूले ३० प्रतिशतसम्मको विशेष छुट पाउन सक्नेछन् । तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुने कम्पनीले जनाएको छ।
नयाँ शाखाहरूमा Free Cooking Class र Live Demo को समेत व्यवस्था गरिएको छ, जसमा सहभागी भई तपाईंले नयाँ तथा रोचक खाना पकाउने कला सिक्न सक्नेछन् ।
नेपालकै सबैभन्दा ठूलो मल्टीब्रान्ड इलेक्ट्रोनिक्स शोरूम का रूपमा, ग्राहकहरूको आवश्यकता पूरा गर्न उत्कृष्ट सेवाहरू प्रदान गर्दै आएको छ ! यसमा Free Delivery, Free Installation, ON Spot EMI, Exchange Offer र Loyalty Points जस्ता सुविधाहरू पनि समावेश छन् ।
प्रतिक्रिया