✍ राजेश ढुंगाना
अर्थ
मायाको अर्थ त
बिर्सिसकें
सम्झनाका अर्थ चाहिं
आँसुको
सागर पो हुँदो रहेछ ।
■ ■
जीवन
जीवन
दिन-प्रतिदिन
छोपिदै गएको
ओडार जस्तो भएको छ
र जीवन
मात्र एउटा शब्द, शब्दकोशको
डर छ
त्यहाँबाट पनि हटाउला कि भनेर !
■ ■
सकिएको काम
मलाई
मारिदिनुस्
मैले
भोट दिइसकें
के
अब
मेरो काम
सकिएन र ?
■ ■
कैद
नबिर्स
तिमीले बिर्सदा
मेरो मुटु
फुट्न सक्छ
तिमीलाई
अझै र सदैव
माया गर्ने
कुन प्रमाण पेशौं ?
तिम्रो प्रेमको
शिखर नै बनाएर
सदैवका लागि
मुटुमा कैद गर्न सक्छु ।
प्रतिक्रिया