एक किशोरीको विभत्स तवरले सामूहिक बलात्कार र हत्या गरेको साथै उनका बुबा र भतिजीको पनि हत्या गरेको अभियोगमा पाँच जनालाई मृत्युदण्डको सजाय सुनाएको छ ।
सन् २०२१ को जनवरीमा उक्त घटना घटाएका ती ब्यक्तिहरुले किशोरी र उनको परिवारलाई सार्वजनिक यातायातको पर्खाइमा रहेका बेला मोटरसाइकलमा लिफ्ट दिई एकान्तमा लगेर सामुहिक बलात्कार गरेका र परिवारका अन्य सदस्यले प्रतिरोध गर्न खोजेपछि सबै जनाको हत्या गरेका थिए । बलात्कार रोक्न खोज्दा किशोरीका बुबा र उनको तीन वर्षीया भतिजीको हत्या गरिएको थियो ।
केही दिनपछि गाउँलेले अचेत अवस्थामा फेला पारेकी किशोरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
बलात्कार र तीन जनाको हत्यामा संलग्न पाँच जनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको हो । छैटौं व्यक्तिलाई ‘अपराधमा संलग्न भएको अभियोगमा दोषी ठहर त गरियो तर बलात्कारमा उसको संलग्नता प्रमाणित नभएकोले उसलाई हत्या अभियोगमा आजीवन जेल सजाय सुनाइएको छ ।
भारतमा मृत्युदण्डको व्यवस्था भएपनि व्यवहारमा यो विरलै दिइने सजाय हो । एक अर्ब ४० करोड जनसङ्ख्या रहेको भारतमा सन् २०२२ मा दैनिक औसतमा ९० वटा बलात्कारका घटना भएका छन्।
प्रतिक्रिया