समयसँग बिन्ती

समयसँग बिन्ती


सारा जन्तुहरू स्वतन्त्र हुन्,
बाँधिएका हातहरू फुकुवा गराऊ,
रोप सुन्दर फूलहरू
र फूलहरूलाई फुल्न देऊ,
अनि,
सुन्दर संसारको निर्माण गरी
दुनियाँलाई खुसी, सुखी तुल्याइदेऊ,
इतिहासमा कुनैदिन
दुःख थियोे,
पीडा थियो,
मानवहरू मानवजस्ता थिएनन्,
निर्जन गाउँबस्तीहरूमा
सन्नाटा थियोे,
मान्छेले मान्छेको रूपमा
मान्छे बन्न सकेका थिएनन् भन्ने उक्ति
एकादेशको दन्त्यकथाको हिस्सा थियो भनेर
वर्तमानले भन्नेगरि
आधुनिक,
सुसभ्य,
र सुरम्य वातावरणको निर्माण गरी
समय ! सबैमा खुशीयाली ल्याइदेऊ,
खुशीयाली छाइदेऊ,
दुःखीयाको संसारको अवशेष
अब कहीँपनि जीवित छैन भन्ने
उद्घोष गरिदेऊ ।

  • दिङ्ला, भोजपुर