सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


स्थानीय बजारमा आज (२२ माघ) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार ९०० ले बढेर रु एक लाख ६४ हजार ७०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु २० ले बढेर रु एक हजार नौ सय ३० कायम भएको जनाइएको छ । सोमबार सोही परिमाणको चाँदी रु एक हजार ९१० मा कारोबार भएको थियो ।