वर्तमान साहित्य प्रतिष्ठानको २७औं सभा सम्पन्न

वर्तमान साहित्य प्रतिष्ठानको २७औं सभा सम्पन्न


‘वर्तमान साहित्य प्रतिष्ठान’ भद्रपुर-१० चन्द्रगढी (झापा)को २७औं वार्षिक साधारणसभाको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

साधारणसभामा आयमेली आन्दोलनका प्रर्वतक इन्द्रबहादुर राईको ९८औं जन्मजयन्ती मनाउँदै क्यानभासमा अभिनय तथा कवितावाचन सम्पन्न गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा नेपाल नाट्यकला प्रतिष्ठानका प्राज्ञसभा सदस्य सञ्जय वान्तवा राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कवि, कवयत्रीले आ-आफ्ना रचना प्रस्तुत गरेका थिए भने विभिन्न चित्रहरूको भावमा आधारित रहेर कलाकारहरूले अभिनय गर्दै नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका पूर्व अध्यक्ष राजु बरालले नयाँपनसहितको नेपाली साहित्य सिर्जनामा लक्षित प्रतिष्ठान निरन्तर लक्ष अनुरूप काम गरिरहेको जानकारी दिए । उपाध्यक्ष विकास पाण्डेले सञ्चालन गरेको कार्यक्रममा झापा लगायतका जिल्लाबाट विभिन्न साहित्यिक स्रष्टाहरू सहभागी भएका थिए ।

नेपाली साहित्य जगतमा आयमेली आन्दोलनलाई प्रवर्धन गर्न झापा सदरमुकाममा रहेका युवाहरूले गठन गरेको प्रतिष्ठान निरन्तर साहित्यिक गतिविधि गरिरहेको छ ।