जमाना

जमाना


कोकिलले काफल खायो
वकिलले कानुन
यो देशमा न्याय मऱ्यो
न्यायकर्मी जानुन् ।

अन्यायले मुलजरो फैलायो
मियो ढल्यो दुनियाँ बौलायो ।

दरिद्रले देशै खान्छन्
नीति नहुनाले
भण्डार रित्तो बनाउँछन्
भोका पाहुनाले ।

रित्तै आए फैलाए खालीहात
भरिएर जुहारत खातको खात ।

भोकालाई भोजन दिनु
नाङ्गालाई नाना
बेकम्मालाई काम दिनु
उद्योगीलाई दाम ।

रीतिथिति नियम लगायो
उद्योगीलाई विदेश भगायो ।