ताण्डव नृत्य

ताण्डव नृत्य


गर्ज्यो घन घनघन, डग्यो धरा डगडग
डमरु ध्वनि धनधन, नृत्य उठ्यो झनझन ।

काँप्यो त्रैलोक्य थरथर, दग्ध भयो नभभर
भस्म भयो तनधर, जल्यो शिखा झरझर ।

घुमिरहे घननाद, दौडिरहे सनसाद
डोली भइ कलकल, छायो हृदय हलचल ।

शून्य भयो ब्रह्मझल, चेतनामा सिन्धुजल
शिव विकट अविचल, कालमति अविकल ।

झर्‍यो जटा जलजल, बग्यो सिन्धु छलछल
झलझल सञ्जीवन, नाच्यो नाद हलहल ।

  • भानु-९, तनहुँ