शान्तिसम्झौता नभए युक्रेनी नेता सङ्कटमा पर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

शान्तिसम्झौता नभए युक्रेनी नेता सङ्कटमा पर्ने राष्ट्रपति ट्रम्पको चेतावनी


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्ष भोलोडिमिर जेलेन्स्कीबीच ओभल अफिसमा भएको मौखिक झडपपछि ट्रम्प प्रशासनले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । ट्रम्पले शान्तिसम्झौतामा प्रगति नभए युक्रेनी नेता धेरै लामो समयसम्म बाँच्न नसक्ने चेतावनी दिएका छन् ।

ह्वाइट हाउसमा ताइवान सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी)का प्रमुख कार्यकारी सीसी वेइसँगको कार्यक्रममा ट्रम्पले युद्ध लामो समयसम्म चल्न सक्ने भन्दै जेलेन्स्कीको आलोचना गरे । वार्ता पुनः सुरु गर्न जेलेन्स्कीबाट के हेर्न आवश्यक छ भनेर सोध्दा ट्रम्पले भने, ‘ठीक छ, मलाई लाग्छ हामीले युक्रेनलाई युरोप भन्दा धेरै दिएका छौं र युरोपले हामीभन्दा धेरै दिनुपर्थ्यो ।… ठीक छ, हामीले ३५० बिलियन अमेरिकी डलर दियौं । तिनीहरूले १०० डलर दिए । तिनीहरूले यो ऋणको रूपमा सहयोग गरिरहेका छन् । यो एक सुरक्षित ऋण हो ।’

ट्रम्पले गत हप्ता युक्रेन रुसविरुद्धको लडाइमा २७०० युवाहरू मारिएका बताए । उनले भने, ‘म ती सबै युवाहरूलाई मारिनबाट रोक्न चाहन्छु । लडाइमा हरेक हप्ता हजारौं मारिरहेका छन् । तिनीहरूले हप्तामा हजारौं सिपाहीहरू गुमाइरहेका छन् । म यसलाई रोकिएको हेर्न चाहन्छु ।’