बहुचर्चित ‘बसाइँ’ उपन्यासका सर्जक लीलबहादुर क्षेत्रीको निधन

बहुचर्चित ‘बसाइँ’ उपन्यासका सर्जक लीलबहादुर क्षेत्रीको निधन


साहित्यकार लीलबहादुर क्षेत्रीको ९२ वर्षको उमेरमा निधन भएको छ । भारतको आसामका स्थायी बासिन्दा उहाँको गए राति गुवाहाटीमा निधन भएको हो ।

‘बसाइँ’, ‘अतृप्त’ र ‘बह्मपुत्रको छेउछाउ’ (उपन्यास), ‘आसाममा नेपाली भाषाको साह्रोगाह्रो’ (निबन्ध सङ्ग्रह)का साथै कथा, निबन्ध र नाटकसमेत लेखेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा योगदान गर्नुभएका उहाँ जगदम्बाश्री पुरस्कारबाट सम्मानित हुनुहुन्थ्यो ।

भानु पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित उहाँलाई भारत सरकारले सर्वोच्च नागरिक पुरस्कार पद्मश्रीबाट पनि सम्मान गरेको थियो ।