सुनको मूल्य तोलामा आठ सयले वृद्धि

सुनको मूल्य तोलामा आठ सयले वृद्धि


सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ७५ हजार २०० मा कारोबार भएको सुन आज (६ चैत) तोलामा रु ८०० ले बढेर रु एक लाख ७६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदीको मोल प्रतितोला रु दुई हजार ४५ निर्धारण भएको छ । सोही परिमााणको चाँदी मङ्गलबार प्रतितोला रु दुई हजार ५० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस तीन हजार ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।