अफ्रिकी मुलुक अङ्गोलामा हाल जारी हैजाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या ३१३ पुगेको छ भने हालसम्ममा आठ हजार १४१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय राजधानी लुआन्डा बाहेक कुआन्जा नोर्टे र बेन्गुएला राज्यहरूमा पनि हैजाका केसहरू बढेका छन् ।
सरकारले सबैभन्दा बढी प्रभावित क्षेत्रमा ७७ वटा हैजा उपचार केन्द्र र ६४ वटा ओरल रिहाइड्रेसन केन्द्र स्थापना गरेको त्यहाँका स्वास्थ्यमन्त्री सिल्भिया लुटुकुटाले बताएका छन् ।
प्रतिक्रिया