अमेरिकाबाट निष्कासित १९९ आप्रवासी भेनेजुएलामा अवतरण

अमेरिकाबाट निष्कासित १९९ आप्रवासी भेनेजुएलामा अवतरण


संयुक्त राज्य अमेरिकाबाट निष्काशित १९९ आप्रवासी बोकेको विमान सोमबार (२४ मार्च) बिहान भेनेजुएला पुगेको त्यहाँका गृहमन्त्री डिओसडाडो काबेलोले बताएका छन् ।

‘आज हामी १९९ जना स्वदेशीहरूलाई स्वागत गर्दैछौं’, उनले विमानस्थलमा उपस्थित भइ भनेका छन्- ‘हामी भेनेजुएलाका मानिसहरू जहाँ भए पनि स्वागत गर्न तयार छौं ।’

प्रत्यक्ष फुटेजमा स्वेटसूट लगाएका युवाहरू राजधानी काराकास बाहिर अवतरण गरेको विमानबाट ओर्लिरहेको देखाइएको छ । तिनीहरूमध्ये केही मुस्कुराइरहेका र ताली बजाइरहेका थिए ।

शनिबार भेनेजुएलाले संयुक्त राज्य अमेरिकाबाट स्वदेश फिर्ती उडानहरू पुनः सुरु गर्न वाशिङ्गटनसँग सम्झौता गरेको घोषणा गरेको थियो ।