नदी र छाल

नदी र छाल


नदी, एउटा जीवन्त यात्रा हो
छालहरु, जीवन्तताका प्रतिविम्ब
नदी, नदी जस्तो बन्नलाई
नदी, नदी जसरी बग्नलाई
अर्थात् जीवन्त बन्नलाई
छाल त हुनैपर्छ
छाल र नदी
आमा छोरी हुन्
छाल हुनलाई नदी बग्नैपर्छ
नदी हुनलाई छाल त हुनैपर्छ
जीवन्त प्राणीमा बगिरहेको रगतझैँ
ढुक्ढुकिएको मुटुको धड्कन
धमनी, शिरा र कोसिकाहरुमा रक्त प्रवाह भएझैँ
नदी एउटा जीवन्त यात्रा हो
छालहरु जीवन्तताका प्रतिविम्ब !

  • भोजपुर