भारत छत्तीसगढमा भएको झडपमा १६ नक्सलवादी लडाकूको मृत्यु

भारत छत्तीसगढमा भएको झडपमा १६ नक्सलवादी लडाकूको मृत्यु


भारत छत्तीसगढको सुकमा जिल्लाको केरलापाल क्षेत्रमा शनिबार (२९ मार्च) भएको मुठभेडमा १६ जना नक्सलवादी सशस्त्र लडाकूको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।

झडपका क्रममा दुई प्रहरी जवान घाइते भएको प्रहरी महानिरीक्षक सुन्दरराज पीले बताए । उनका अनुसार जिल्ला प्रहरी र केन्द्रीय प्रहरीले शुक्रबार सुरु गरेको संयुक्त आतङवाद् विरोधी अभियानमा गोप्य सूचनाको आधारमा कारबाही सुरु गरिएको थियो । संयुक्त टोली मार्च २८ मा खोजी अभियानका लागि तैनाथ गरिएको थियो भने गोलीबारी शनिबार पनि जारी छ ।

संयुक्त टोलीले हाल मुठभेडस्थल तथा वरपरको भुभागमा गहन खोजी गरिरहेको छ ।

भारतीय गृहमन्त्री अमित शाहले २२ मार्चमा संसदमा ३१ मार्च २०२६ सम्ममा देशबाट नक्सलवादीहरूको उन्मूलन हुने बताएका थिए ।