‘बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिने’

‘बन्धक फिर्ता नभएसम्म गाजामा दबाब जारी राखिने’


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले पूर्वाधार र प्रमुख कोरिडोरलाई लक्षित गरी इजरायली सेना (आईडीएफ)ले गाजामा कारबाही तीव्र बनाएको बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा भिडियो सम्प्रेषण गर्दै नेतान्याहूले गाजामा आईडीएफले करिडोर नियन्त्रण गरेको र आतङ्ककारीमाथि आक्रमण र पूर्वाधार नष्ट गरिरहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘हामी अर्को कुरा पनि गर्दैछौंः हामी मोराग करिडोर कब्जा गर्दैछौँ । यो एक अतिरिक्त फिलाडेल्फिया कोरिडोर अर्थात् दोस्रो फिलाडेल्फिया हुनेछ ।’

बन्धकहरू फिर्ता नभएसम्म गाजामाथि दबाब बढ्दै जाने उल्लेख गर्दै उनले गाजालाई विभाजन गर्न चरणबद्ध रूपमा दबाब बढाइ बन्धकहरू फिर्ता लिने विश्वास व्यक्त गरे । बन्धक फिर्ता नगरेसम्म दबाब बढिरहने र प्रभु र सैनिकहरूको सहयोगमा बन्धकहरू फिर्ता ल्याउने उनको भनाइ छ ।

सोमबार इजरायली संसद्ले सर्वसम्मतिले गाजाका सीमावर्ती समुदायमा आर्थिक, पूर्वाधार र सामाजिक विकासका लागि १।३ अर्ब अमेरिकी डलर सहयोग स्वीकृत गरेको छ । सहयोग स्वीकृतको पक्षमा ३७–० परेको हो ।