✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धर्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत २३ गते तद्अनुसार सन् २०२५ अप्रिल ५ तारिख शनिबार चैत्र शुक्ल पक्षको अष्टमी तिथि आद्र्रा नक्षत्र अतिगण्ड योग भद्रा करण आनन्दादिमा मुद्गर योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५२ मा भयो र सूर्यास्त साँझ १८ः२३ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, चैतेदशैं, श्रीश्वेतमत्स्येन्द्रनाथ रथयात्रा ।
आजको राशिफल
मेष – आजको दिन सामाजिक क्रियाकलाप एवम् परोपकारका क्षेत्रमा मन आकर्षित हुनेछ । मित्रजनसँग भेटघाट र मिष्ठान्न भोजनको अवसर आउनेछ । व्यापार–व्यवसायबाट राम्रै आम्दानी हुने योग छ । कठिन ठानिएको काम पनि सहजै बन्ने देखिन्छ । रसरागको भाव जागृत होला । समग्रमा दिन मनोरञ्जनात्मक रहनेछ ।
वृष – दिन केही चुनौतीयुक्त रहला । भौतिक साधनको क्षतिले अनावश्यक धननाशको सम्भावना छ । हातहतियार एवम् सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनुपर्नेछ । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला । अनावश्यक झमेलामा पर्ने योग रहेकोले नियमित कार्य अत्यन्त सजगताका साथ गर्नु हितकर हुनेछ । यात्राको क्रममा पनि सावधानी अपनाउनुहोला ।
मिथुन – आँट/पराक्रम वृद्धिका साथै बौद्धिकता एवम् रचनात्मकता बढ्ने समय छ । धनजनमा वृद्धिका साथै समस्यामा मित्रजनबाट साथ-समर्थन पाइएला । ठुला ब्यक्तिसँग फलदायी भेटघाट हुनसक्छ । विशेष काम तत्काल अघि नबढेपनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । खुशीको खबर सुन्न पाइने योग छ । शत्रुमाथि विजय प्राप्त होला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कर्कट – रोकिएका कार्ययोजना अघिबढ्नाले थप काम गर्ने हौसला मिल्ने समय छ । आरोग्यबल बढ्नुका साथै आयआर्जनको दृष्टिले उत्तम दिन छ । सुखद यात्राको सम्भावना छ । प्रयत्न गर्दा फसेको रकम उठ्नसक्ने योग छ । मनमा कता–कता हर्ष छाउला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । साथीभाइको सहयोगले सुख बढ्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – नियमित कार्यमा जाँगर बढ्ने समय छ, तथापि आज कुनै पनि नयाँ कामचाहिँ शुरु नगर्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । रमाइलो यात्राको सम्भावना छ । यात्रा फलदायी नै रहला । घरमा पाहुनाको आगमनले खुशी प्रदान गर्ला । धनलाभको योग छ । आरोग्यबल बढ्नेछ । परिवारिक सुख वृद्धिले उत्साह बढाउनेछ ।
कन्या – दिन केही चुनौतीयुक्त रहला । चिताएको काम शुरु गर्दानगर्दै स्थगित गर्नुपर्ने अवस्था आउला । स्वास्थ्य केही कमजोर रहन सक्छ । खानपान एवम् दैनन्दिन व्यवहारमा ध्यान राख्नुहोला । प्रेममा धोका र धननासको योग छ । सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । सहयोगीजनले साथ दिए पनि काम अधुरै रहनसक्छ । यात्रागत कार्यमा भने आंशिक सफलता मिल्नेछ ।
तुला – मिश्रित फलदायी समय छ । नियमित कार्यमा जाँगर बढेपनि महत्वपूर्ण योजनामा व्यवधान खडा हुन सक्छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । मित्रहरूसँग मनोरञ्जनात्मक भेछघाट एवम् छलफलले मन हर्षित तुल्याउला । मिठो भोजन प्राप्त हुनेछ । भौतिक बस्तुको क्षति हुने योग रहेकोले विशेष सतर्कताको दरकार छ ।
वृश्चिक – दौडधुप तथा ब्यस्तता बढेपनि आजको दिन महत्वपूर्ण कार्य सम्पन्न हुने देखिन्छ । परिवारजनको इच्छा पूरा गर्न सकिनेछ । पढाइलेखाइमा सफलता मिल्नेछ भने सामाजिक कार्यमा मन जाला । माता पितासँगको भेटघाटले मनमा हर्षउल्लास छाउनेछ । कृषिक्षेत्रमा भने अलिक बढी परिश्रम र लगानी गर्नुपर्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा पनि विशेष सफलता प्राप्त हुने देखिन्छ ।
धनु – सुखदायी समय छ । पारिवारिक सुख मिल्नुका साथै ब्यापार-व्यवसायमा पनि फाइदा हुने देखिन्छ । विपरितलिङ्गीको साथ-सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । नियमित कार्यमा जाँगर बढ्नेछ । धन आर्जनको योग छ । दाम्पत्यसुख बढ्नेछ । साहस वृद्धि होला । सुख सुविधाको वस्तु खरिदमा केही खर्च हुन सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
मकर – काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय रहनसक्ने दिन छ, होसियारी अपनाइ काम गर्नुहोला । शारीरिक प्रतिस्पर्धाका कार्यमा विशेष आकर्षण रहेपनि सफलता प्राप्तिमा भने अवरोध पैदा हुने देखिन्छ । ब्यर्थै समयको नाश होला । मनमा त्यसै–त्यसै उदासिनता बढ्ने देखिन्छ । आजको दिन विश्वास गरेका व्यक्तिले पनि धोका दिनसक्ने प्रवल सम्भावना छ, ध्यान राख्नुहोला । परिवारजनबाट भने साथ, समर्थन र सहयोग मिल्नेछ ।
कुम्भ – पराक्रम बढ्ने र सामाजिक काममा नाम रहने दिन छ । जागिरको काममा भने विशेष सजगता अपनाउनुपर्नेछ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिक लाभको योग छ । सामाजिक कार्यबाट मान–सम्मान पाउन सकिन्छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ ।
मीन – आजको दिन उत्साहवर्द्धक रहला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै साथ–सहयोग र उपहार पाइने देखिन्छ । सुखद यात्राको योग पनि रहेको छ । सोचेको काम बन्नाले मन रमाउला । विशिष्टजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पराक्रम वृद्धिका साथै शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । आफन्तजनको पनि साथ मिल्नेछ ।
प्रतिक्रिया