आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०८१ आइतबार, ६ अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२४ चैत २०८१ आइतबार, ६ अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम सम्बत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत २४ गते तद्अनुसार सन् २०२५ अप्रिल ६ तारिख आइतबार चैत्र शुक्ल पक्षको नवमी तिथि पुनर्वसु नक्षत्र १०ः१३ पर पुष्य नक्षत्र सुकर्म योग बालब करण आनन्दादिमा ध्वज योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५१ मा भयो र सूर्यास्त साँझ १८ः२३ मा हुनेछ । श्रीराम नवमी व्रत, श्रीराम जयन्ती, श्रीरायात्रा ।

आजको राशिफल

मेष – चिताएको काम बन्नाले सुखको अनुभव हुने दिन छ । धन आर्जनको योग छ । विशेषगरी पशुधनबाट राम्रै फाइदा हुने देखिन्छ । प्रेमभाव बढ्नेछ भने विपरीतलिंगीको साथ–सहयोग रहनेछ । मिठो भोजन प्राप्त होला । मित्रजनसँगै मनोरञ्जनात्मक यात्रा हुनसक्छ । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।

वृष – नोकरीमा दिन सामान्य रहे पनि आजको दिन अनेक किसिमका फाइदा हुने देखिन्छ । पराक्रम वृद्धिसँगै अप्रत्याशित लाभ हुनेछ । काम बन्नाले सुखको अनुभव होला । आरोग्यबल बढ्नेछ । बौद्धिक एवम् रचनात्मक कामम महत्वपूर्णा सफलता मिल्ने योग छ । पारिवारिक समस्याहरू हटेर जानेछन् । उत्साह बढ्नेछ ।

मिथुन – आजको दिन खासै सहजतामा बित्ने देखिन्न । नियमित काममा पनि झमेला निम्तिन सक्छ । अनेक किसिमका समस्याले कार्यतालिका बिग्रने सम्भावना छ । आर्थिक हानीको समेत योग रहेकोले सकभर नयाँ लगानी र लेनदेनको कार्यबाट बच्नु हितकर हुनेछ । यात्रापरक काम भने बन्ने देखिन्छ । बौद्धिकता जागृत हुनुका साथै शत्रुपक्ष परास्त गर्न सकिनेछ ।

कर्कट – विचार र व्यवहारले धेरैलाई आकर्षण गर्न सकिने समय छ । परोपकारएवम् सामाजिक कार्यमा मन जानेछ । आर्थिक उपार्जनको दृष्टिले पनि रम्रो समय छ । आरोग्यबल बढ्नेछ । पारिवारिक सुखका साथै मिठो भोजन प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् भने रसरागमा आकर्षण रहनेछ ।

सिंह – दिन सुखदायी नै छ । फलिफाप तथा राम्रो कमाइका कारण मन प्रशन्न रहला । यात्रागत कार्य पनि लाभदायी रहनेछ । अनौठो तरिकाले आर्जन हुने र लगानी पनि बढ्ने योग छ । मनेरञ्जन एवम् रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । मित्रजनहरू सहयोगी बनेर देखापर्नेछन् ।

कन्या – सुख र दुःखको मिश्रित अनुभूति गर्न पाइने समय छ । आर्थिक दृष्टिले दिन राम्रो रहला । तर, टाढाको यात्रा गर्ने योजनामा हुनुहुन्छ भने स्थगित गर्नु बेस हुनेछ । सहयोगीजन रुष्ट हुनेछन् भने आशा नगरिएको पात्रबाट काम बन्ने देखिन्छ । आयबलका साथै मान महत्व बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – सोचेको काम पूरा नहुने तर अचानक आइपरेको जिम्मेवारीमा सन्तोषजनक सफलता मिल्ने समय छ । नियमित कार्यबाट खासै उपलब्धि हासिल नहुने देखिन्छ । अनावश्यक खर्च बढ्न सक्छ । समयको ब्यर्थ नाश होला । यसका बाबजुद साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ने समय छ । अनावश्यक यात्राको योग रहेकोले यात्रागत कार्य थाती राख्नु उचित होला । आफन्तमिलनले सुखको अनुभव दिलाउनेछ । सामथ्र्य वृद्धि हुनेछ । आरोग्यता रहला । बौद्धिक एवम् सिर्जनात्मक कार्यमा लगाव बढ्ला । मिष्ठान्न भोजनको अवसर जुर्ने देखिन्छ ।

धनु – स्वास्थ्यगत समस्याले केही सताएपनि परोपकारका कार्यमा मन जानेछ । खर्च भन्दा कमाई नै बढी हुने समय छ । अध्ययन तथा अध्यापन कार्यमा पनि राम्रै प्रगति होला । दौडधुप बढेपनि आर्थिक उपार्जनको दृष्टिले सन्तोषजनक दिन छ । रसरागात्मक क्रियाकलापमा मन जाने देखिन्छ ।

मकर – दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । खासगरी विपरीतलिंगीको साथ-सहयोग र हौसलाले मन रमाउला । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ने समय छ । प्रेमभावका साथै दाम्पत्यसुख बढ्नेछ । सन्तान पक्षबाट पनि सुख मिल्ने योग छ । समयको अनुकुलताले जिम्मेवारी निर्वाहमा सहजता होला ।

कुम्भ – समय खासै अनुकुल देखिन्न । इष्टमित्रहरुसँग असमझदारी बढ्न सक्छ । विवाद, झमेला र मुद्दा–मामिलामा पर्न सकिने योग रहेकोले अत्यन्त संयमता अपनाइ कार्य गर्नु हितकर हुनेछ । नियमित काममा पनि बाधाहरुको सामना गर्नुपर्ने देखिन्छ । आरोग्यता रहनेछ । यात्रागत कार्यमा आंशिक सफलता मिल्ने दिन छ ।

मीन – आजको दिन पेशागत रुपमा समस्या देखिन सक्छ । नोकरीमा झमेला ब्यहोर्नु पर्ला । मित्रजन टाढिएको अनुभूति हुनाले मनमा पीडा पैदा हुन सक्छ । आफन्तजनको साथ मिल्नेछ । परोपकारी कार्य तथा आध्यात्मिक कर्मतर्फ विशेष मन जानेछ । मिठो भोजन प्राप्त हुने योग छ ।