नयाँ वर्ष २०८२ को उल्लासमय अवसरलाई ध्यानमा राख्दै CG Electronicsले ग्राहकहरूका लागि रोमाञ्चक योजना घोषणा गरेको छ। ‘नयाँ वर्षको ठूलो हर्ष’ योजनाअन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले QR कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
यस योजनाको विशेषता निम्न प्रकारका उपहारहरू छन्-
■ बम्पर लक्की ड्र : Midea 482 लि. SBS रेफ्रिजिरेटर
■ मासिक लक्की ड्र : Midea 10Kg वाशिङ मेशिन
क्रोम्प्टनको ८५ वर्षको दीर्घ इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणहरूको उत्पादनले ग्राहकहरूलाई सन्तुष्ट राख्दै आएको छ । नेपालमा सीजी इलेक्ट्रोनिक्ससँगको साझेदारीले क्रोम्प्टनको भरोसा अझै मजबूत बनाएको कम्पनीको भनाइ छ । सीजी इलेक्ट्रोनिक्स, CG Corp Globalको एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन प्रतिबद्ध रहेको जनाइएको छ।
यो योजना चैत्र २१ गतेदेखि नेपालभरि लागू गरिएको छ । सीमित समयका लागि उपलब्ध यो अवसरको लाभ उठाउन ग्राहकहरूलाई नजिकको डिलर वा अधिकृत विक्रेतासँग सम्पर्क गर्न आग्रह गर्दै कम्पनीले नयाँ वर्षको उल्लासमय अवसरमा सबैलाई शुभकामना दिएको छ ।
प्रतिक्रिया