✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं.११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र २५ गते तद्अनुसार सन् २०२५ अप्रिल ७ तारीख सोमबार चैत्र शुक्ल पक्षको दशमी तिथि पुष्य नक्षत्र धृति योग तैतिल करण आनन्दादिमा धाता योग चन्द्रमा कर्कट राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः५० मा भयो र सूर्यास्त साँझ १८ः२४ मा हुनेछ ।
आजको राशिफल
मेष – कामहरू सजिलै बन्ने र कार्यबोझ पनि कम रहने खालको समय छ । मनोरञ्जनपूर्ण इाणहरूका कारण मन प्रशन्न रहला । व्यापार र रोजगारीका क्षेत्र शुभदायी छ । प्रेमभाव बढ्नेछ । यात्रा गर्दै हुनुहुन्छ भने सुखद र फलदायी रहनेछ । विपरीतलिंगीको साथ-सहयोगले महत्वपूर्ण काम बन्ने योग छ ।
वृष – नियमित कार्यमा प्रशस्त मन जाने तथा जाँगर बढ्ने समय छ । व्यवसायमा थप लगानी बढाउन सकिएला । अप्रत्याशित लाभ हुने योग छ । पराक्रम वृद्धि हुनुका साथै कामका नयाँ स्रोत फेला पर्लान् । आरोग्यबल वृद्धिका लागि केही सजगता अपनाउनुपर्ने देखिन्छ । बौद्धिक कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । यात्रापरक काम बन्नेछ । पारिवारिक समस्याको समाधान पनि मिल्नेछ ।
मिथुन – आजको दिन विपक्षी या प्रतिष्पर्धीहरू सक्रिय रही पीडा दिनसक्छन्, सावधानीपूर्वक नियमित कार्यमा जुट्नुहोला । स्वास्थ्य पनि केही कमजोर रहन सक्छ, मौसमी प्रभावको शिकार बन्नबाट जोगिन विशेष सावधानी अपनाउनु हितकर होला । अनावश्यक रूपले धननाश हुने योग छ, सचेत रही आर्थिक क्रियाकलाप गर्नु उचित हुनेछ । बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – समय उत्साहवर्द्धक नै छ । रमाइलो तरिकाले कामहरु गर्न पाइएला । पशुधन र जमिनबाट विशेष लाभ प्राप्त हुन सक्छ । आरोग्यबल बढ्नेछ । कर्मबल वृद्धिले उन्नतितर्फ अग्रसर तुल्याउला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको साथ–सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्नेछ भने विरोधजन परास्त होलान् । रसराग एवम् खेलकुदका क्रियाकलापमा आकर्षण बढ्नेछ ।
सिंह – आर्थिक क्षेत्रमा विशेष उन्नति हुनुका साथै नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित रहने दिन छ । व्यवसायबाट सोचेभन्दा बढी नै लाभ हुने देखिन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । लगानी वृद्धि होला । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला । यात्रागत कार्य सार्थक रहनेछ । पारिवारिक सुख शांति बढ्नेछ ।
कन्या – पराक्रम वृद्धि र आयबल बढ्ने साय छ । व्यवसायिक कार्यका लागि यात्रा गर्दै हुनुहुन्छ भने यात्रा सार्थक तथा फलदायी रहनेछ । मित्रजन एवम् परिवारजनबाट पनि सुखशान्ति मिल्नेछ । धनलाभको योग छ । नियमित कार्यमा जाँगर चल्नेछ । सन्तान पक्षबाट सुख मिल्ने देखिन्छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सफलता मिल्नेछ ।
तुला – आजको दिन केही चुनौती बढ्न सक्छ । दैनन्दिन कार्यमा ब्यवधान आइपर्न सक्छ । सोच्दै नसोचेको ठाउँमा पैसा खर्च हुने देखिन्छ । व्यर्थको खर्चले मन पिरोल्ला । पारिवारिक समस्याले मनमा चिन्ता बढाउन सक्छ । धनमाल हराउने योग छ, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद साहसी कर्ममा आकर्षण रहनेछ । बोली र व्यक्तित्वको प्रभाव रहनेछ ।
वृश्चिक – सामर्थ्य वृद्धि हुनेछ भने नियमित कार्यमा जाँगर बढ्ने देखिन्छ । प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । लेनदेनमा विवाद बढ्ने योग रहेकोले आजको दिन आर्थिक क्रियाकलाप सकभर नगर्नु उचित हुनेछ । साथीभाइसँगको व्यवहारमा संयमता अपनाउनुहोला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ ।
धनु – नयाँ कामका योजनाहरु बन्ने र नियमित कार्यमा पनि जाँगर बढ्ने दिन छ । व्यापार–व्यवसायमा विशेष सफलता मिल्ने योग छ । सुखद यात्राको अवसर जुर्न सक्छ । परिवारिक सुख वृद्धिले उत्साह जगाउला । आफन्तजनको साथले महत्वपूर्ण काम बन्नेछ ।
मकर – कामका नयाँ योजनाहरु बन्नुका साथै रोकिएका काम पनि अघि बढ्ने समय छ । नियमित कार्य पनि रमाइलो तरिकाले गर्न पाइएला । पशुधन र जमिनबाट विशेष लाभ मिल्ने योग छ । नोकरी एवम् राजनीतिक क्षेत्रमा सफलता मिल्ने देखिन्छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सावधानी अपनाउनुपर्नेछ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण रहनेछ ।
कुम्भ – नियमित कार्यमा रुचि बढ्ने र आर्थिक क्षेत्रमा राम्रै प्रगति हुने समय छ । तथापि, आजका योजनाहरू पूर्णरूपले कार्यान्वयन नहुन सक्छन् । आगो, पानी र मेसिनरी सामग्रीबाट जोगिनुपर्ने देखिन्छ । कसैसँग वादविवादको सम्भावना रहेकोले संयमता अपनाउनु हितकर होला । आरोग्यबल बढ्नेछ । प्रेमभाव बढ्नेछ ।
मीन – मिश्रित फलदायी दिन छ । सामाजिक मान–सम्मान मिले पनि मनमा डरको भाव रहनेछ । स्वास्थ्यका दृष्टिकोणले राम्रो समय छ । आर्थिक लाभ हुनेछ भने व्यापारमा सफलता पाउने, यात्रामा रमाउने र भेटघाटमा सहयोग पाउने योग छ । प्रेमभाव वृद्धि होला । आफन्तको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया