कोशिस गरे समाधान निस्कन्छ

कोशिस गरे समाधान निस्कन्छ


कोशिश गर अवश्य हल निस्किन्छ
आज नभए पनि भोलि निस्किन्छ

अर्जुनको लक्ष्य राख निशाना खोज
मरुभूमिबाट पनि त पानी निस्किन्छ

मेहनत गर फूललाई पानी देऊ
सुक्खामा पनि फेरि फल निस्किन्छ

तागत जुटाउ हिम्मतलाई आगो देऊ
कमजोरको पनि फेरि बल निस्किन्छ

शिरमा उम्मीदलाई ज्यूँदै राख्ने गर
समुन्दरबाट पनि त गंगाजल निस्किन्छ

कोशिश गर्दै जाऊँ केहि गर्दै जाऊँ
जे रोकेको छ अहिले भइ निस्किन्छ

कोशिश गर अवश्य हल निस्किन्छ
आज नभए पनि भोलि निस्किन्छ ।

(राजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जी शाह हो ।)