आजको पञ्चाङ्ग एवम् राशिफल (२७ चैत २०८१ बुधबार, ९ अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ चैत २०८१ बुधबार, ९ अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत २७ गते तद्अनुसार सन् २०२५ अप्रिल ९ तारिख बुधबार चैत्र शुक्ल पक्षको द्वादशी तिथि मघा नक्षत्र गण्ड योग बब करण आनन्दादिमा चर योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त साँझ १८ः२५ मा हुनेछ ।

आजको राशिफल

मेष – साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । धार्मिक तथा सामाजिक काममा रुचि जागृत होला । विशेष सभा–समारोहमा भाग लिने अवसर जुर्नेछ भने मानसम्मान पनि पाइएल । आयआर्जनका नया स्रोतहरू थपिने योग छ । नियमित काममा अनुकुलताका साथै दायित्व वृद्धि होला । मनोरञ्जनात्मक क्रियाकलापमा विशेष आकर्षण रहनेछ ।

वृष – अनुकलता बढ्नुका साथै नियमित कार्यमा जाँगर चल्ने समय छ । स्वास्थ्य सबल रहनेछ भने प्रेम र मित्रताको बन्धन कसिएर जाला । पढाइलेखाइमा पनि सुधार हुने देखिन्छ । उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने योग छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । आँट र आनन्द वृद्धि हुनेछ । मित्रजनसँगको जमघटमा मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान हुनेछ ।

मिथुन – आर्थिक अभावले केही सताएपनि पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । आजको दिन विश्वास गरेकाले धोका दिन सक्छन्, होसियार रहनु होला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । सभा–समारोहमा सहभागी भइ सम्मान प्राप्त हुने सम्भावना छ । शत्रुमाथि विजय प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – केही उतारचढाव आएपनि व्यापार–व्यवसायमा राम्रै फाइदा हुने समय छ । बौद्धिक तथा सिर्जनात्मक काममा विशेष सफलता मिल्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ, सजग रहनुहोला । विद्यार्थी वर्गका लागि भने अनुकूल समय छ । मिठो भोजन प्राप्त हुनेछ । साथीभाइको सहयोग रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – चुनौतीहरू पन्साउँदै रोकिएका काम पूरा गर्न सकिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने देखिन्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । कुटुम्बको विशेष सहयोग प्राप्त हुनेछ । व्यापार–व्यवसाय विस्तार हुने योग छ । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ होला । आरोग्यबल बढ्नेछ । रसरागको कार्यक्रममा आकर्षण रहला ।

कन्या – बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइने समय छ । रोकिएका काम सुरु हुनेछन् भने आयआर्जनका स्रोत बढ्नेछन् । नियमित व्यवसायबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तान पक्षबाट सुख मिल्ने योग छ । यात्रागत कार्यमा साथीभाइको साथ–सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला – आम्दानीका विभिन्न माध्यम फेला पर्ने समय छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आरोग्य बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनाले कठिन कार्य पनि सहजै बन्ने देखिन्छ । सुख–सुविधाको वस्तु खरिदमा केही खर्च बढ्न सक्छ । आरोग्यता रहनेछ ।

वृश्चिक – कर्मबल बढ्नेछ तर धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । खर्च कम गर्न गरिएको प्रयास सार्थक नहुनसक्छ, नियमित खर्च वृद्धि हुने देखिन्छ । आयआर्जनकै सवालमा पति–पत्नीबीच असमझदारी तथा विवाद हुने सम्भावना छ, सजग रहनुहोला । छरछिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि समाधान भने हुने नै छ । रोकिएको काम पुनः अघि बढ्ला । चुनौतीका बाबजुद सामर्थ्य वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । यात्रा सुखद र उपलब्धिमूलक रहनेछ ।

धनु – मिश्रित फलदायी समय छ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । खानपानमा विशेष ख्याल राख्नु हितकर हुनेछ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिनसक्ने योग रहेकोले सतर्क र संयम भइ उद्देश्यप्राप्तिमा लागिपर्नु उचित होला । मिठो भोजन प्राप्त हुनेछ । आमोदप्रमोदको भाव जागृत होला । यात्रा सुखद रहनेछ ।

मकर – केही जोखिम बढेपनि आधा–अधुरा काम अघि बढ्ने र विशेष कार्ययोजनाले मूर्तरुप पाउने समय छ । पढाइलेखाइमा प्रगति र धर्मकर्म एवम् समाजसेवामा विशेष लगाव बढ्नेछ । नयाँ शिप तथा ज्ञान प्राप्त होला । कृषि र पशुपालनबाट विशेष फाइदा मिल्ने देखिन्छ । यात्रा उपलब्धिमूलक हुनुका साथै नियमित कार्यमा उत्साह जागृत होला । सन्तान पक्षबाट सुख मिल्नेछ । प्रेमभाव बढ्नेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

कुम्भ – समय शुभदायी छ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिनेछ । नयाँ काम बन्नेछ भने वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका जुर्ला । परिश्रमको राम्रो मूल्यांकन हुुनेछ । दाम्पत्यसुख बढ्नेछ भने सुख–सुविधाको वस्तु बढ्नेछन् । रसरागको भाव पैदा होला । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्ने योग छ ।

मीन – आजको दिन पारिवारिक समस्याहरू देखा पर्न सक्छन् । मित्रजनसँग पनि मनमुटाव हुने देखिन्छ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कने सम्भावना छ । आफ्नाले नै विश्वासमा पारेर धोका दिने योग छ । यसका बाबजुद केही खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । साहस बढ्नेछ । नियमित कार्यमा जाँगर चल्ने समय छ ।