डोमेनिकन रिपब्लिकनमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या सय नाघेको छ । घटनास्थलमा उद्धार कार्य जारी रहेको एएफपीले जनाएको छ ।
प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा मृत्यु हुनेमा उनका प्रबन्धकसमेत रहेको जनाइएको छ । मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ । उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए ।
स्थानीय मिडियाहरुले जनाएअनुसार दुर्घटना हुँदा क्लबमा लगभग एक हजार मानिस थिए ।
पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको बताएकी छन् ।
राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरी तीन दिनको राष्ट्रिय शोकको घोषणा गर्नुका साथै मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाको गभर्नर नेलसी क्रुज पनि रहेको जनाएका छन् ।
प्रतिक्रिया