✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं.११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत २८ गते तद्अनुसार सन् २०२५ अप्रिल १० तारिख बिहीबार चैत्र शुक्ल पक्षको त्रयोदशी तिथि पूर्वाफाल्गुणी नक्षत्र वृद्धि योग कौलब करण आनन्दादिमा गद योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४७ मा भयो र सूर्यास्त साँझ १८ः२५ बजे हुनेछ । प्रदोषव्रत, महावीर जयन्ती ।
आजको राशिफल
मेष – आजको दिन सफलता र सुखका दृष्टिले मध्यम रहने देखिन्छ । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन खासै नसकिएला । सवारीसाधनको प्रयोग गर्दा विशेषा सावधानी अपनाउनुहोला । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ भने विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुने देखिन्छ । मिठो भोजन प्राप्त होला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने देखिन्छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा पुग्ने योग छ । प्रेमभाव वृद्धिका साथै रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, होसियार रहनुहोला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक काममा सफलता र पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – सामाजिक कार्य तथा परोपकारमा मन जाने समय छ । परिवारजनको साथले काममा उत्साह जगाउला । तर सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ । व्यस्तता वृद्धि हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – आजको दिन सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । कमजोर स्वास्थ्यका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । अप्रिय समाचारले दुःखी तुल्याउन सक्छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । मिठो भोजन प्राप्त होला । समस्यामा निकट मित्रजनको साथ-सहयोग रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – नियमित कार्यमा जाँगर बढ्ने समय छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्न सक्छ, तर नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । बेसुरमा अरूलाई दिएको वचनले अप्ठ्यारोमा पार्नसक्ने योग छ, ध्यान राख्नुहोला । पढाइलेखाइमा खासै रुचि नरहन सक्छ । व्यापारमा पनि सोचेको फाइदा नउठ्ने देखिन्छ । रसरागको क्रियाकलापमा आकर्षण रहला । विपरीतलिंगीको साथ-सहयोग मिल्नेछ ।
कन्या – पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ भने आँटेका काम तत्काल सम्पादन हुने समय छ । विभिन्न सहयोग र उपहार पाइने योग छ । भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै रहला । अतिथिका रूपमा कतै सम्मान समेत पाइने देखिन्छ । आरोग्यबलका साथै सुख वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।
तुला – मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय भएपनि आजको दिन स्वास्थ्यगत समस्याले केही सताउने सम्भावना छ, सजग रहनुहोला । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् भने रोकिएका काम बन्ने एवम् चाहेमा नयाँ काम सुरु गर्न सकिनेछ । लगानी वृद्धि होला । अनावश्यक भ्रमण हुन सक्छ, जरुरी नपर्दासम्म ब्यर्थको यात्रा नगर्नु उचित होला । साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक – मिश्रित फलदायी समय छ । जागिरमा उत्साह वृद्धि र व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । तथापि, प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । कृषिकर्मबाट आय वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।
धनु – सानातिना काम र घरेलु समस्या देखापर्ला । विगतका समस्या बल्झिन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग छ, आर्थिक कारोबारमा विशेष सजग रहनुहोला । पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ । लामो समयदेखि रोकिएको कुनै विशेष काम बन्नाले उत्साह जाग्ने योग छ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ ।
मकर – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । चिताएको काम सम्पादन हुन केही मिहेनत पर्ला । आफू कमजोर भएको अनुभूति हुन सक्छ । परिश्रमअनुसार फाइदा कमै होला । तथापि, प्रतिष्पर्धीलाई जित्ने सामर्थ्य बढ्नेछ । गीतसंगीत र रसरागात्मक काममा विशेष आकर्षण रहला ।
कुम्भ – कामको चापबाट फुर्सद पाइने दिन छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् भने विभिन्न अवसरले पछ्याउने देखिन्छ । बोली र ब्यक्तित्वको प्रभाव पनि बढ्नेछ । ठीक समयमा सही निर्णय लिन सकिएला । रमाइलो यात्राको अवसर जुट्ला । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धिका साथै यात्रागत कार्यमा विशेष सफलता मिल्ने योग छ ।
मीन – उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने र काम पूरा नहुनाले मन खिन्न रहनसक्ने समय छ । अरूका काममा समय बित्न सक्छ । आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलिक प्रतिकूल बन्ने सम्भावना छ । स्वास्थ्यमा केही समस्या रहन सक्छ, खानपानमा सावधानी अपनाउनुहोला । मित्रमिलनको योग छ ।
प्रतिक्रिया