नववर्ष २०८२ को अवसरमा, सिजी इलेकट्रोनिक्स अन्तर्गत एलिका ब्रान्डले ‘LIGHT UP WITH NEW Cooking Experience’ नामक विशेष अभियानको शुभारम्भ गरेको छ । यस अभियानमार्फत ग्राहकहरूले एलिका ब्रान्डका अत्याधुनिक किचन उपकरणहरूमा विशेष छुट र उपहारहरू प्राप्त गर्ने अवसर पाउनेछन् ।
उक्त अभियानको उद्देश्य ग्राहकहरूको खाना पकाउने अनुभवलाई अझ सहज, सुविधाजनक र रमाइलो बनाउनु रहेको कम्पनीले जनाएको छ । एलिकाका उत्पादनहरू नवीनतम प्रविधिमा आधारित छन्, जसले ऊर्जा बचत, उत्कृष्ट प्रदर्शन र दीर्घकालीन टिकाउपनको सुनिश्चितता प्रदान गर्छन् ।
यस अभियान अन्तर्गत ग्राहकहरूले एलिका का किचन उपकरणहरू जस्तै कुकटपरहब, कुकिङ रेन्ज, बिल्ट-इन ओभनरमाइक्रोवेभ, र चिम्नी खरिद गर्दा निःशुल्क ऋन् Eectric Kettle प्राप्त गर्न सक्नेछन् । यो अफरले ग्राहकहरूको नयाँ वर्षलाई अझ उपयोगी र आनन्ददायी बनाउने कम्पनीले विश्वास लिएको छ ।
ग्राहकहरूको सुविधाका लागि सिजी इलेकट्रोनिक्सले १५ वर्षको वारेन्टी, निःशुल्क डेलिभरी, शुन्य प्रतिशत इएमआई र निःशुल्क जडानको सुविधा उपलब्ध गराएको छ । साथै, पुराना उपकरणहरू सजिलै एक्सचेन्ज गर्ने सुविधा पनि प्रदान गरिएको छ । क्युआर कोड स्क्यान गरेर थप जानकारी प्राप्त गर्न सकिन्छ र ग्राहकहरूले यी अफरहरूको फाइदा उठाउन सक्छन्।
सिजी इलेकट्रोनिक्स नेपालमा घरायसी सामानहरूको एक प्रमुख वितरक हो, जसले उच्च गुणस्तरका उत्पादनहरू उपलब्ध गराउँदै आएको छ । एलिका जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको प्रतिनिधित्व गर्दै, सिजी इलेकट्रोनिक्सले आफ्ना ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न सदैव तत्पर रहेको जनाएको छ ।
प्रतिक्रिया