आजको पञ्चाङ्ग एवम् राशिफल (३० चैत २०८१ शनिबार, १२ अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (३० चैत २०८१ शनिबार, १२ अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र ३० गते तद्अनुसार सन् २०२५ अप्रिल १२ तारिख शनिबार चैत्र शुक्ल पक्षको पूर्णिमा तिथि हस्ता नक्षत्र व्याघात योग भद्रा करण आनन्दादिमा मृत्यु योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः२६ बजे हुनेछ । पूर्णिमा व्रत, हनुमान जयन्ती, वैशाख स्नान सुरु ।

आजको राशिफल

मेष – दिन सुखदायी रहला । आर्थिक क्रियाकलापमा बढोत्तरी आउने देखिन्छ । अचानकको कमाइले मन हर्षित हुनेछ । रमाइलो यात्राको सम्भावना छ । मित्रजन एवम् घरपरिवारबाट पनि सुखशान्ति मिल्नेछ । रोकिएको काम अघि बढ्ला । समग्र पक्षमा अनुकूलता वृद्धि हुने समय छ । आमोदप्रमोदको भाव जागृत होला ।

वृष – बौद्धिक र रचनात्मक कार्यमा सफलता मिल्ने समय छ । पारिवारिक समस्याको समाधान होला । आजको दिन नसोचेको ठाउँमा खर्च हुने योग छ । व्यर्थको खर्चले मन पिरोल्ला । प्रेमभाव बढ्नेछ । मित्रजनको साथमा मिठो भोजन प्राप्त हुने देखिन्छ । यात्रापरक काम थाती राख्नु हितकर हुनेछ । आफन्तको साथ-सहयोग मिल्नेछ ।

मिथुन – ब्यस्तता बढेपनि कामको सफलताले उत्साह वृद्धि हुने समय छ । आफन्तमिलनले सुख दिनेछ भने प्रियजनसँगको भेटले मन प्रफुल्ल रहला । रसरागको भाव वृद्धि हुनेछ । सामाजिक क्रियाकलापमा सहभागिता एवम् सभा-समारोहमा मान मिल्ने योग छ । स्वास्थ्य सबल रहला । प्रतिष्पर्धी परास्त हुनेछन् । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कर्कट – कर्मबल वृद्धिका साथै आर्थिक क्षेत्रमा उन्नति हुने समय छ । आर्जित धन बचत हुनाले मनमा सन्तोषको भाव जागृत हुनेछ । नयाँ कामका योजनाहरू बन्ने देखिन्छ, जसले दीर्घकालिन आर्थिक उपार्जनको बाटो खोल्न सक्छ । पराक्रमका साथै आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त होला । सन्ता पक्षबाट सुख मिल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – आजको दिन नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्ला । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग छ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता प्राप्त होला । पारिवारिक सुख वृद्धि हुनेछ ।

कन्या – आजका योजना पूर्णरूपले कार्यान्वयन नहुन सक्छन्, महत्यपूर्ण योजना थाती राख्नु नै हितकर हुनेछ । कतै वादविवादको सामना गर्नुपर्ने योग छ, बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । आजको दिन आगो, पानी र मेसिनरी सामग्रीको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । आरोग्यबल भने बढ्नेछ । साथीभाइको सहयोगले कार्यगति बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला – आजको दिन मिश्रित फलदायी रहला । जागिरको काममा डर हुनेछ भने चिताएअनुसार कामको गति नबढ्दा मन खिन्न रहन सक्छ । सामाजिक क्रियाकलापको सक्रियताले मान-सम्मान दिलाउला । स्वास्थ्यका दृष्टिकोणले पनि राम्रो समय छ । लगानी बढ्नेछ भने विभिन्न शीर्षकमा खर्च वृद्धि हुने देखिन्छ । चुनौतीका बाबजुद साहसिक काममा आकर्षण रहनेछ । योजना र बजेट बनाएर मात्र कार्य गर्नु बेस होला ।

वृश्चिक – कामको बोझबाट मुक्ति मिलेको अनुभूतिका कारण मनमा प्रशन्नता मिल्ने समय छ । नियमित काम सहजताका साथ अघि बढ्नेछ । शुभता बढेर रोकिएको काम पनि बन्नेछ । सामथ्र्य वृद्धि होला । मित्रजनको साथमा मिष्ठान्न भोजन प्राप्त हुने योग छ । आरोग्यबल बढ्नेछ । बौद्धिक र रचनात्मक कार्यमा पनि विशेष सफलता मिल्ने देखिन्छसमग्रमा दिन मनोरञ्जनपूर्ण रहला ।

धनु – कर्मबल वृद्धि हुनेछ । नियमित कार्यमा जाँगर बढ्ने समय छ । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । अप्रत्याशित लाभ हुने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । शुभता बढ्नेछ ।

मकर – आजको दिन पीडा दिनेहरू सक्रिय रही अनावश्यक झमेलामा पार्न सक्छन्, सजग रहनुहोला । आर्थिक कारोबारमा हानी हुन सक्छ, लेनदेनको कार्य आज सकभर नगर्नु हितकर हुनेछ । स्वास्थ्य कमजोर रहनसक्छ, खानपान लगायतमा विशेष ख्याल गर्नु उचित हुनेछ । प्रतिकुलताका बाबजुद नियम-कानूनले साथ दिनाले जिम्मेवारी निर्वाहमा सहजताको महसूस होला । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ ।

कुम्भ – दौडधुप केही बढेपनि आय आर्जनको दृष्टिले राम्रो समय छ । कृषिकर्मबाट विशेष लाभ मिल्ने देखिन्छ । आजको दिन कतै-कसैबाट सम्मान र समर्थन पाइएला । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मीन – दिन सुखदायी रहने देखिन्छ । आर्थिक क्षेत्रमा उन्नति हुनेछ । नसोचेको ठाउँबाट धनलाभ भइ मन हर्षित होला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख मिल्नेछ । आरोग्यबल वृद्धिका साथै शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ रहला । विपरीतलिंगीबाट विशेष सहयोग मिल्ने योग छ ।सुख विलास पनि बढ्नेछ ।