आजको पञ्चाङ्ग एवम् राशिफल (३१ चैत २०८१ आइतबार, १३ अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (३१ चैत २०८१ आइतबार, १३ अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ चैत्र ३१ गते तद्अनुसार सन् २०२५ अप्रिल १३ तारिख आइतबार बैशाख कृष्णपक्षको प्रतिपदा तिथि चित्रा नक्षत्र हर्षण योग बालव करण आनन्दादिमा पद्म चन्द्रमा ६ः५७ बजेसम्म कन्या राशिमा त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ मा भयो र सूर्यास्त साँझ १८ः२७ मा हुनेछ । भ.पु. विश्वध्वजोत्थान, विशालनगरमा वैष्णवीदेवीयात्रा, ल.पु.मत्स्येन्द्रनाथ स्नान ।

आजको राशिफल

मेष – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । मेहनत खेर जानेछैन । व्यवसायका लागि यात्राको सम्भावना छ । दाम्पत्यजीवन सुखद रहला । साझेदारीको काम बन्नेछ । खेलकूद तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । अनुकूलता वृद्धि हुनेछ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – मिश्रित फलदायी समय छ । कसैबाट प्राप्त अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले तपाईंको स्वतन्त्रतामा बाधा गर्न सक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, सजग रहनुहोला । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । नियमित कार्यमा सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । यात्रापरक काम बन्नेछ । आफन्तसुख बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – उत्साहजनक समाचारले हर्ष बढेपनि लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । चिताएको काम पुरा हुन मुस्किल पर्ने देखिन्छ । कृषि तथा पशुपालनको व्यवसाय गर्नेका लागि खर्च बढ्ने योग छ । प्रतिकुलताका बाबजुद आँट-पराक्रम बढ्नेछ । प्रेमभाव वृद्धि होला । बौद्धिकता/रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कर्कट – पारिवारिक सुखशान्ति बढ्नुको साथै नियमित कार्यमा जाँगर वृद्धि हुने समय छ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारीसाधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्न सकिएला । हरेक समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ । शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ ।

सिंह – आजको दिन धार्मिक अनुष्ठान तथा मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा पनि लाभ होला । नियमित कार्यमा जाँगर बढ्नेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । पराक्रम वृद्धि र धनलाभको योग छ । रसरागको भाव वृद्धि हुनेछ । कार्यक्रममा आकर्षण बढ्नेछ । यात्रा गर्नुहुनेछ । शुभता बढ्ला । ईष्टमितको साथ मिल्नेछ । ऐश्वर्व बढ्नेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – नयाँ कामको सुरुवात खासै राम्रो छैन । निश्चय भएको काम अचानक बिग्रन सक्छ । विश्वास गरिएका साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सजग रहनुहोला । विशेष योजना कार्यान्वयनमा गोपनीयतामा ध्यान दिँदै सचेत रहनु हितकर होला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन आउने सम्भावना छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला – विभिन्न अवसर जुर्नुका साथै कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । दैनन्दिन कार्यमा भने केही हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन । रचनात्मक कार्यहरू सार्थक परिणामदायी रहलान् । खेलकुद, भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ । सुख सुविधाको वस्तु खरिदमा खर्च बढ्न सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

वृश्चिक – सामाजिक काममा रुचि बढ्ने र तपाईंबाट भए-गरिएका कामबाट धेरैलाई फाइदा पुग्ने समय छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण नै रहला । पढाइलेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । खर्च भने केही वृद्धि हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यबल बढ्नेछ ।

धनु – एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् । सरसफाइ, वागबगैंचासम्बन्धी कार्यमा विशेष आकर्षित होइएला । आय वृद्धिका साथै उन्नति-पदोन्नतिको योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । आत्मीयजनसँगको भेटघाटले खुशी प्रदान गर्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन काममा अवरोध गर्न खोज्ने तथा पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सावधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना रहेकोले सचेतना को दरकार छ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला, गरीआएको कामलाई भने निरन्तरता दिन सकिनेछ । आफन्त एवम् मित्रजनको साथ-सहयोगले शत्रुसित लड्ने सामथ्र्य बढ्नेछ । स्वास्थ्य सबल रहला । सुख विलास बढ्नेछ ।

कुम्भ – सामर्थ्य वृद्धिका कारण भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रो लाभ उठाउन सकिने समय छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । लगनशीलताले विशेष उपलब्धि दिलाउला । घरमै बसेर पनि विभिन्न काम सम्पादन गर्न सकिनेछ । मिठो भोजन प्राप्त होला । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्य सार्थक रहनेछ ।

मीन – खर्च र जोखिम केही बढेपनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउने समय छ । भौतिक साधन जुट्नेछन् भने कृषि तथा पशु व्यवसायबाट विशेष लाभ हुनेछ । प्राकृतिक पर्यावरणमा रमाइएला । नियमित कार्यमा अभिभावकजनको सहयोग प्राप्त होला । रसरागमा आकर्षण रहनेछ, दाम्पत्यसुख बढ्नेछ ।