अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै पनि देश करको ‘दायाराबाट बाहिर नरहेको’ चेतावनी दिएका छन् ।
विशेषगरी चिनियाँ आयातलाई लक्षित गरी राष्ट्रपति ट्रम्पले विश्वव्यापी कर आक्रमण सुरु गरेदेखि नै विश्वका दुई ठूला अर्थतन्त्रहरूले तीव्र गतिमा कर वृद्धिको प्रतिशोधात्मक उपायलाई अपनाएको र यसले विश्वको अर्थतन्त्र उच्च जोखिमको खेलमा फसेका छ ।
‘ुजस्तालाई तस्तै’ व्यवहारको आदानप्रदानले चीनमाथि लगाइएको अमेरिकी कर १४५ प्रतिशतसम्म बढेको छ भने बेइजिङले अमेरिकी आयातमा प्रतिशोधात्मक १२५ प्रतिशत कर लगाएको छ ।
अमेरिकी पक्षले शुक्रबार स्मार्टफोन, ल्यापटप, सेमीकन्डक्टर र अन्य इलेक्ट्रोनिक उत्पादनहरूको लागि कर छूटको सूची दिँदै दबाबलाई केही कम गरेको थियो । यी उत्पादनका लागि चीन एक प्रमुख स्रोत हो ।
ट्रम्प र उनका केही शीर्ष सहयोगीहरूले ९० दिन कर छूटको गलत अर्थ लगाइएको बताएका छन् । यो अस्थायी मात्र हुनेछ किनकि ट्रम्पको टोलीले सूचीका धेरै वस्तुहरूमा नयाँ करहरू लगाउने दिशामा छलफल गरिरहेको छ ।
“चीन मात्र होइन, विशेषगरी जसले अहिलेसम्म हामीलाई करका हिसाबले सबैभन्दा खराब व्यवहार गर्दछ.. कोही पनि ‘कर वृद्धि’को जोखिमबाट टाढा छैनु, अमेरिकी राष्ट्रपतिले शनिबार राति आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोशल प्लेटफर्म’मा जारी सन्देशमा भनेका छन् ।
यसअघि बेइजिङको वाणिज्य मन्त्रालयले शुक्रबारको कदमले ‘एउटा सानो कदममात्र हो’ भन्दै ट्रम्प प्रशासनले सम्पूर्ण कर रणनीति ‘पूर्ण रूपमा रद्द’ गर्नुपर्नेमा जोड दिएको थियो। अमेरिकाले शुक्रबार स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक्स सामानलाई ‘पारस्परिक’ करबाट छुट दिएको थियो । यसले लोकप्रिय उच्च प्रविधियुक्त उत्पादनका लागि अमेरिकी उपभोक्तामा पर्ने लागत प्रभावलाई कम गरेको छ ।
अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालयले शुक्रबार राति जारी गरेको सूचनामा चीनबाट अमेरिका भित्रिने स्मार्टफोन र अन्य प्रविधिजन्य सामानलगायत विभिन्न इलेक्ट्रोनिक सामानमा १४५ प्रतिशत थप कर लगाएको थियो ।
सेमीकन्डक्टरलाई अधिकांश अमेरिकी व्यापारिक साझेदारहरूमा ‘आधारभूत’ १० प्रतिशत कर र चीनमा थपिएको १२५ प्रतिशत करबाट पनि बाहिर राखिएको छ ।
नयाँ छुटले एनभिडिया र डेल जस्ता अमेरिकी टेक कम्पनीका साथै चीनमा आईफोन र अन्य प्रिमियम उत्पादनहरू बनाउने एप्पललाई फाइदा पुऱ्याउनेछ।
अमेरिकी राष्ट्रिय प्रतिरक्षा सञ्जालका लागि महत्वपूर्ण मानिएका वस्तुहरूमा आगामी क्षेत्र-विशिष्ट करको लागि लक्षित प्राप्त केही छूट इलेक्ट्रोनिक्स उपभोक्ताहरूका लागि अल्पकालिक राहत हुन सक्छ ।
प्रतिक्रिया