✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ ने.सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख ४ गते तद्अनुसार सन् २०२५ अप्रिल १७ तारिख बिहीबार बैशाख कृष्ण पक्षको चतुर्थी तिथि ज्येष्ठा नक्षत्र बरियान योग बालब करण आनन्दादिमा काल योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो ।
आजको राशिफल
मेष – रोकिएका काम बन्नाले उत्साह जाग्ने समय भएपनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रहनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने योग छ । प्रेमको बन्धन कसिनेछ । मिठो भोजन प्राप्त हुनेछ भने रमाइलो यात्राको सम्भावना छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । आजको दिन सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु हितकर होला ।
वृष – भाग्यले साथ दिनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, इनाम र प्रतिष्ठा कमाउने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्ने योग छ । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने केही समय पर्खंदा राम्रो हुनेछ । नियमित कामलाई भने निरन्तरता दिन सकिनेछ । प्रेमभाव बढ्नेछ, दाम्पत्यसुख मिल्नेछ । स्वास्थ्य सबल रहला । परिवारिक सुखका कारण उत्साह बढ्नेछ ।
मिथुन – मिश्रित फलदायी दिन छ । नियमित कार्यमा केही बाधा पैदा हुने र बाध्यताका काममा जुट्नुपर्ने देखिन्छ । बलजफ्ती गर्दा चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता भंग हुने सम्भावना छ । तर धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ । विपरीतलिंगीको माध्यमबाट फाइदा मिल्ने योग छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । पराक्रमका साथै बौद्धिकता एवम् रचनात्मकता बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कर्कट – धेरै परिश्रमपछि न्यूनमात्र सफलता मिल्ने समय छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । आशा देखाउनेहरूको भरपर्दा धोका हुने योग छ । चुनौतीपूर्ण कामको दायित्व आइपर्न सक्छ, तथापि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिएला । सन्तानपक्षबाट सुख मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – लगनशीलताले कीर्तिमानी दिलाउन सक्ने समय छ । विभिन्न अवसर जुट्ने देखिन्छ, तर सोचविचार गरेर मात्र कामको दायित्व लिनु उचित हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, जसले गर्दा बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आरोग्यबल बढ्नेछ भने मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ । मित्रजनसँग फलदायी यात्राको सम्भावना छ । पारिवारिक सुखशान्ति मिल्नेछ ।
कन्या – आर्थिक क्रियाकलापमा अनुकुलता वृद्धि भइ आम्दानी बढ्ने र उत्साह वृद्धि हुने समय छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । कतै आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ । प्रेमको बन्धन कसिनुका साथै दाम्पत्यजीवन सुखद बन्नेछ । पढाइलेखाइमा पनि प्रगति होला । स्वास्थ्य भने केही कमजोर रहनसक्छ । व्यावसायिक कामको लागि यात्रा गर्दै हुनुहुन्छ भने याजको लागि थाती राख्नु हितकर होला । समस्यामा आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – प्रयत्न गरेका काम ढिलो सम्पादन हुने र न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । काम बिग्रने भयले सताउन सक्छ । श्रमको उचित मूल्य नपाइन सक्छ, तर कर्मले दिने सन्तुष्टि मिल्नेछ । आरोग्यबल वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । साहस प्रदर्शन गर्नुपर्ने कार्यमा आकर्षण रहनेछ । सन्तानपक्षबाट सुख मिल्नेछ ।
वृश्चिक – आजको दिन केही चुनौती बढ्ने देखिन्छ । मौकापरस्त व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनु उचित होला । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर हुनेछ । कामविशेषमा सरकारी कडिकडाउको सिकार भइने योग छ । प्रतिष्पर्धी हाबी हुनसक्ने योग रहेकोले वर्चश्व जोगाउन विशेष प्रयत्न गर्नुपर्ने देखिन्छ । शोख पूरा गर्नमा खर्च केही बढ्न सक्छ, ध्यान राख्नुहोला । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्, तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्नसक्ने समय छ । विगतका समस्या बल्झिन सक्छन्, होसियारीपूर्वक दैनन्दिन कर्मम जुट्नु उचित हुनेछ । सहयोगको आशा देखाउनेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । आजको प्रयत्न निष्फल जस्तै हुनसक्ने योग रहेकोले महत्वपूर्ण कार्य थाती राख्नु बुद्धिमत्ता ठहरिनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – आजको दिन आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । विशेष योजनाहरू बन्नेछन् भने संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नुका साथै प्रतिस्पर्धामा विजयी भइनेछ । आयबल बढ्नाले उत्साह जागृत गराउला । बौद्धिक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
कुम्भ – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । लगानी र श्रमको उचित मूल्य नमिल्न सक्छ । समुदायको हितमा भने राम्रै काम गर्न सकिने देखिन्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने मौका जुर्ला । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनसँग रमाइलो यात्राको योग छ ।
मीन – आजको दिन नियमित कार्यमा केही चुनैती बढ्न सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । शत्रुहरूको चलखेल बढ्नाले गल्तीबिनै आरोप लाग्न सक्छ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्नसक्छन्, ध्यान राख्नुहोला । आफ्ना योजनाहरू गोप्य राखेर अघि बढ्नु हितकर हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ ।
प्रतिक्रिया