आजको पञ्चाङ्ग एवम् राशिफल (६ वैशाख २०८२ शनिबार, १९ अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (६ वैशाख २०८२ शनिबार, १९ अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ बैशाख ६ गते तद्अनुसार सन् २०२५ अप्रिल १९ तारिख शनिबार बैशाख कृष्ण षष्ठी तिथि मूल नक्षत्र ६ः५८ पर पूर्वाषाढ़ा नक्षत्र शिव योग भद्रा करण आनन्दादिमा गद योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३० मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन स्वास्थ्य केही कमजोर रहन सक्छ, तर अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्ने देखिन्छ । अरूले फसाउन सक्छन्, हुलमुलमा धनमाल हराउन सक्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग छ, साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नु हितकर होला । मनोरञ्जनका क्रियाकलापमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्, तर समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । चिताएको काममा बाधा हुँदा खिन्नता बढ्न सक्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । लेनदेनमा विवाद हुन सक्छ, आज आर्थिक कारोबार नगर्नु उचित हुनेछ । जोखिमका साथै दौडधुप वृद्धि होला, तथापि परिवारजनको साथले उत्साह जगाउने छ । स्वास्थ्य सबल रहला ।

मिथुन – शुभदायी समय छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका जुर्ला । आज नसोचेको ठाउँबाट धनको लाभ हुनुका साथै ब्यापार ब्यबसायमा पनि राम्रै लाभ हुने देखिन्छ । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ । कर्मको उचित प्रतिफल पाइएला । विभिन्न उपहार प्राप्तिको सम्भावना छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । बौद्धिकता र रचनात्मकता वृद्धिले शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आलस्य गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय उत्साहजनक रहनेछ । कामको चापबाट फुर्सद पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ भने दाम्पत्य सम्बन्ध सुमधुर रहने देखिन्छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग छ, ध्यान राख्नुहोला । अरूको मात्र भरपर्दा काम बिग्रन सक्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहन सक्छ । स्वास्थ्य कमजोर रहनाले नियमित कार्यमा असर पर्न सक्छ, मसलाजन्य खानाबाट सावधान रहनुहोला । भौतिक साधनको क्षतिले खर्च बढाउने देखिन्छ, सावधानीको दरकार छ । आजको दिन धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ला । पारिवारिक सुखशांति रहनेछ ।

कन्या – आजको दिन सानातिना काम र घरेलु समस्यामा व्यस्तता वृद्धि हुनेछ । अनावश्यक भ्रमणमा समय बित्न सक्छ । परिवारजनबाट टाढिनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिनेछ भने सदविचारले अभिप्रेरित हुनेहरूलाई फलिफापको योग छ । विशेष योजना कार्यान्वयनमा केही चुनैतीको सम्भावना छ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । समस्याम आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनसक्ने र साझेदारीमा विशेष फाइदा हुने समय छ । साहसिक काममा आकर्षण बढेपनि मौकाको फाइदा उठाउन खासै नसकिएला । सवारीसाधनको प्रयोगमा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । नयाँ काममा हात हाल्न सकिनेछ । साथीभाइको साथले पराक्रम बढ्नेछ । सोखले खर्च बढाउन सक्छ, ध्यान राख्नुहोला । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन होला । धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । व्यावसायिक काममा खर्च केही बढ्ने देखिन्छ । अवसरलाई पछ्याउन नसक्दा पछि परिएला, सजगताको खाँचो छ । सामथ्र्य वृद्धि र साथीभाइको सहयोग प्राप्त हुनेछ ।

धनु – आजको दिन कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ, सावधानीको दरकार छ । उपचारमा खर्च हुने योग छ । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना छ । खेलकुद, भ्रमण र रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक कार्य बन्नेछ । मेहनत गर्दा राम्रै उपलब्धि हातलागी हुने देखिन्छ ।

मकर – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला, अन्य कामको हकमा मेहनतअनुसार फाइदा कमै होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा पर्ने र खर्च बढ्ने देखिन्छ, होसियार रहनुहोला । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइनेछ । खर्च केही वृद्धि हुन सक्छ । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आजको दिन विद्यामा कमजोरी र लेनदेनमा विवाद हुनुका साथै विगतका समस्या बल्झिन सक्छन् । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । आम्दानी तथा आयआर्जनका स्रोत बढ्ने योग छ । व्यापारमा राम्रै फाइदा होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ ।

मीन – नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल परेपनि आँटेका काम तत्काल सम्पादन हुने समय छ । पछिसम्म लाभ हुने काममा लगानी गर्ने अवसर प्राप्त होला । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुने देखिन्छ । अतिथिका रूपमा कतै सम्मान पाइएला । भाग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।