आजको पञ्चाङ्ग एवम् राशिफल (८ वैशाख २०८२ सोमबार, २१ अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ वैशाख २०८२ सोमबार, २१ अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८१ बैशाख ८ गते सन् २०२५ अप्रिल २१ तारिख सोमबार बैशाख कृष्ण अष्टमी तिथि उत्तराषाढ़ा नक्षत्र ८ः२३ पर श्रवण नक्षत्र साध्य योग तैतिल करण आनन्दादिमा काण योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो र सूर्यास्त साँझ १८ः३१ मा हुनेछ । गोरखकाली पूजा, छन्ददिवस ।

आजको राशिफल

मेष – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ । स्वादिष्ट भोजनमा मन रमाउला । सहयोगीहरूले राम्रै साथ दिनेछन् । साझेदारीको काम पनि बन्नेछ । राजनीति र समाजसेवामा संलग्न रहेका व्यक्तिको लागि विशेष सफलताको योग छ ।

वृष – दिन केही चुनौतीयुक्त रहेपनि सोचेको काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । सामाजिक कार्यमा विशेष लगाव रहला । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । खर्चपनि केही बढ्ने देखिन्छ । नजिकका साथीभाइ टाढिन सक्छन् । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक काममा विशेष सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नाले उत्सह बढ्नेछ ।

मिथुन – आजको दिन कर्मबल बढेपनि काम बिग्रने डरले सताउन सक्छ । बेसुरमा वचन दिने बानीले सास्ती मिल्नसक्छ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोस् । विशेष कार्य गर्दै हुनुहनुन्छ भने अरुको भर नपर्नु हितकर हुनेछ । बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । जोखिम बढ्नेछ ।

कर्कट – शुभदयी दिन छ । दैनिक कार्यमा चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउने देखिन्छ । नसोचेको ठाउँबाट धनलाभको सम्भावना छ । मनोरञ्जनात्मक यात्राको योग रहेको छ । आमाको माध्यमबाट विशेष काम बन्न सक्छ । कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रेमभावका साथै परिवारिक सुख वृद्धि हुनेछ । मित्रजनको पनि साथ–सहयोग प्राप्त होला । समग्रमा दिन रमाइलैसंग बित्नेछ ।

सिंह – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका मिल्ला । ठूलै फाइदाको आश्वासन पनि पाइने सम्भावना छ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तथापि, बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ, सजगताको दरकार छ । सबल स्वास्थ्यका लागि मसलाजन्य खानाबाट सावधान रहनु हितकर होला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा हुनेछ । आज अनायसै धन खर्चनुपर्ने अवस्था आइपर्न सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला । यात्रागत कार्यमा सफलता मिल्नेछ । समस्यामा आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – ब्यस्तता केही बढेपनि पारिवारिक जमघटमा मन रमाउने समय छ । भेटघाटको अलमलले नियमित कार्यमा असर गर्न सक्छ, तर सहयोगीहरूले राम्रै साथ दिनेछन् । प्रतिस्पर्धी परास्त होलान् । काममा सोचेजस्तै सफलता मिल्नेछ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने र आजको लाभांश सुरक्षित वा सञ्चय नहुनसक्ने योग छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

वृश्चिक – काममा लगानीको समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । धन आर्जनको दृष्टिले शुभदायी योग छ । निकट सहयोगी ठानिएका ब्यक्तिबाट अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । पराक्रम र उत्साहमा कमी आउनेछैन । व्यापारमा विशेष फाइदा हुने देखिन्छ । केही चुनाौतीका बाबजुद प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । आरोग्यबल बढ्नेछ । रोकिएको काम मिहेनतले बन्ने देखिन्छ ।

धनु – सहयोगीहरूबाट अपेक्षित साथ नमिलेपनि व्यक्तिगत मेहनतले प्रशस्त लाभ उठाउन सकिने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त हुने योग छ । खर्चको मात्रा भने केही बढ्ने देखिन्छ । पराक्रमसँग जोडिएको कार्यमा सफलता मिल्नेछ । यात्रामा सुख र मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक तथा रचनात्मक कार्यमा मिलेको सफलताले उत्साह जगाउला । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।

मकर – मिश्रित फलदायी दिन छ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ भने गरिएका कामको राम्रै मूल्यांकन होला । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा प्राप्त भएका बस्तु बेकामका हुनेछन् । आजको दिन स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । मित्रजनका साथ स्वादिष्ट भोजनको अवसर मिल्ने देखिन्छ, तर सबल स्वास्थ्यका लागि खानपानमा सतर्कताा अपनाउनु हितकर होला । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – विभिन्न अवसरले पछ्याउने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् भने नयाँ काममा पनि रुचि जागृत हुनेछ । बोलीको प्रभाव एवं कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तर, अनावश्यक वादविवादमा पर्नुबाट जोगिन सतर्कता अपनाउनु पर्नेछ । अध्ययनमा मन नलागे पनि आत्मविश्वास बढ्ला । सामर्थ्य वृद्धिले आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साझेदारीको काम बन्नेछ । सुख विलास बढ्नेछ ।

मीन – सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ, तर होसियारीका साथ काम लिनुपर्ने समय छ । फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । कृषिकर्म र व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट पनि लाभ मिल्नेछ । कर्मबल बढ्नुका साथै आय वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ । शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्ने देखिन्छ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।