आजको पञ्चाङ्ग एवम् राशिफल (९ वैशाख २०८२ मंगलबार, २२ अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (९ वैशाख २०८२ मंगलबार, २२ अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ वैशाख ९ गते तद्अनुसार सन् २०२५ अप्रल २२ तारीख मंगलबार बैशाख कृष्ण पक्षको नवमी तिथि श्रवण नक्षत्र ८ः१० पर धनिष्ठा नक्षत्र शुभ गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३२ मा भयो । पृथ्वी दिवस ।

आजको राशिफल

मेष – आजको दिन भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । ब्यस्तता केही बढेको महसूस भएपनि नियमित कार्यमा साथ दिनेहरूको कमी नहोला । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ । मान– प्रतिष्ठा पाइनेछ । फाइदाका लागि आफ्ना योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । नयाँ आयस्रोतको माध्यम प्राप्त हुने योग छ ।

वृष – मिश्रित फलदायी समय छ । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले दिन फुर्सदिलो बनेको अनुभूति होला । इच्छाशक्ति बढ्नेछ भने नवीन रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य केही प्रतिकुल रहने देखिन्छ, तथापि नियमित कार्य हिम्मतका साथ सम्पन्न हुनेछन् । लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने योग रहेकोले आर्थिक व्यवहारमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । पढाइलेखाइमा पनि खासै समय दिन नसकिएला । पुराना समस्या दोहोरिन सक्छन्, स्जग रहनुहोला ।

मिथुन – आजको दिन केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिने समय छ । नियमित काममा केही अड्चन आइर्पुका साथै व्यवसायिक कार्यमा पनि कममात्र फाइदा हुने देखिन्छ । सहयोगीहरूले हात झिक्नाले अलिक अप्ठ्यारोमा परिएको महसूस होला । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ । मातृ-सहयोगको माध्यमबाट काम बन्नसक्ने योग छ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कर्कट – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । विभिन्न भौतिक साधन जुट्नुका साथै सहयोगीहरूले पनि राम्रो साथ दिनेछन् । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने देखिन्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । जीवनशैलीमा परिवर्तन आउनुका साथै धेरैको मन लोभ्याउन सकिने योग छ । विशेष काममा मातापिताको सहयोग प्राप्त होला । मित्रजनका साथ रमाइलो यात्रा एवम् मिठो भोजन प्राप्त हुने योग छ । कर्मबल बढ्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । स्वास्थ्य सबल रहनेछ भने प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । नियमित काममा पनि फाइदाको योग छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । प्रेमभावका साथ दाम्पत्यसुख बढ्नेछ । पारिवारिक सुख शान्तिका साथ विशेष योजनमा सफलतमा मिल्नेछ ।

कन्या – गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना रहेको छ । दाम्पत्य जीवन रमाइलो रहला । साझेदारीमा केही समस्या देखापरे पनि आम्दानी बढ्ने योग छ । विपरीतलिंगी मित्रको साथले साहस वृद्धि हुने देखिन्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । कार्यगति बढ्नेछ ।

तुला – प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ, तर परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्ने समय छ । कसैलाई बेसुरमा वचन दिँदा पछि आफैलाई झमेलाको अनुभूति हुनसक्छ, ख्याल राख्नुहोला । नजिकका साथीभाइ टाढिन सक्ने येग छ । कुनै विशेष वा महत्वाकांक्षी योजना अघि बढाउने सोचमा हुनुहुन्छ भने गोप्य ढङ्गले अघि बढ्न सकिनेछ । व्यापार–व्यवसायबाट विशेष लाभ लिन सकिनेछ । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – ठीक समयमा सही निर्णय लिन सकिने समय छ । आश मारेको काममा आएको पुनर्ताजगीले उत्साह जगाउला । मनमा केही डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ । तत्काल लाभ नभए पनि दीगो फाइदा हुनसक्ने विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । रोकिएको काम मिहेनतले बन्नेछ । सुख सुविधाको वस्तमा केही खर्च बढ्न सक्छ ।

धनु – प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिने समय छ । गोपनीयतामा विशेष ध्यान दिनु उचित होला । कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । तापनि, केही अवसर फुत्कन सक्छन्, सचेत रहनुहोला । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । दैनन्दिन कार्य सामान्य रहनेछ ।

मकर – गल्तीबिनै आरोप लाग्नसक्ने समय भएपनि नियमकानूनले साथ दिनाले परिणाम तपाईंको पक्षमा रहनेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धन कसिएर जाला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । तर, शत्रुलाई जित्ने सामर्थ्य रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – धोकाधडी, ठगी या चोरीमा परिने समय छ । आजको दिन आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । आरोग्यबल भने बढ्नेछ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । महत्वपूर्ण योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने परिस्थिति अलिक प्रतिकूल रहन सक्छ, ध्यान राख्नुहोला । काम बिग्रने त्रास रहनुका साथै थिचोमिचो गर्नेहरूले सताउन सक्छन् । बौद्धिक र रचनात्मक कार्यमा आंशिक सफलता मिल्नेछ ।

मीन – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । तार्किक क्षमता बढ्नुका साथै लेखन प्रकाशनसित सम्बन्धित काममा विशेष सफलता मिल्नेछ । सभा–समारोहमा भाग लिने मौका प्राप्त होला । आजको दिन विभिन्न अवसर जुटे पनि अरूलाई जथाभावी वचन दिने बानीले सास्ती दिनसक्ने योग छ । खर्च केही वृद्धि हुने देखिन्छ ।