आजको पञ्चाङ्ग एवम् राशिफल (१२ वैशाख २०८२ शुक्रबार, २५ अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ वैशाख २०८२ शुक्रबार, २५ अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं .२०८२ बैशाख १२ गते तद्अनुसार सन् २०२५ अप्रिल २५ तारिक शुक्रबार बैशाख कृष्णपक्षको द्वादशी तिथि ८ः२६ पर त्रयोदशी तिथि पूर्वाभाद्रपद नक्षत्र ५ः५३ पर उत्तराभाद्रपद नक्षत्र ऐन्द्र योग गर करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३२ मा भयो र सूर्यास्त साँझ १८ः३४ बजे हुनेछ । प्रदोष व्रत ।

आजको राशिफल

मेष – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । सुखद समाचारले दिन उत्साहपूर्ण तुल्याउला । स्वास्थ्य सबल रहनेछ भने नियमित काममा पनि फाइदाको योग छ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कार्यसम्पादन गर्ने क्षमताका साथ आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । मिठो भोजन प्राप्त हुनेछ । यात्रा सुखद र सार्थक बन्नेछ ।

वृष – प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । पराक्रम वृद्धि भई रोकिएका कामले पूर्णता पाउनेछ । परिवारिक सुख वृद्धिले उत्साह बढाउला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा पनि प्रगति हुनेछ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर रहनेछ । तर अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइने सम्भावना छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन्, सजग रही व्यवहार गर्नुहोला । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – पीडक पक्षबाट छुटकारा मिल्ने समय भएपनि आजको दिन सानातिना काम तथा घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुऱ्याउनुहोला । छरछिमेकमा असमझदारी बढ्ने सम्भावना रहेकोले होसियारीसाथ काम लिनुहोला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने देखिन्छ । तर, कामका लागि गरिएको भ्रमणमा समयमात्र बित्ने सम्भावना छ । समस्या थपिन सक्छन् । चुनौतीका बाबजुद सामाजिक कार्य तथा धर्मकर्ममा आकर्षण बढ्नेछ ।

कर्कट – नियमित कार्यमा केही जोखिम बढेपनि चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि बनाउन सकिनेछ । इर्ष्यालु मन भएकाहरूले काम बिगार्न सक्छन् । तथापि बुद्धिको उपयोगले प्रतिस्पर्धीहरूलाई वशमा ल्याउन सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका जुर्ला । वैदेशिक क्षेत्रबाट विशेष लाभ उठाउने अवसर प्राप्त हुनेछ । कर्मबल बढ्नेछ । रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण रहला ।

सिंह – बोलीको माध्यमले लाभ उठाउन सकिने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम सम्पादन हुन सक्छन् । उपलब्धिले थप उत्साह जगाउनेछ भने भौतिक साधन जुट्नाले प्रशन्नता मिल्नेछ । साझेदारीमा पनि राम्रो फाइदा हुने देखिन्छ । पहिलेको सफलताले उत्साह जगाउला । आरोग्यबल वृद्धि होला । प्रेमभाव बढ्नेछ । रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सकिने समय छ । साथीभाइको साथ–सहयोगले पराक्रम बढ्ला । कार्यगतिका साथ मान–महत्व बढ्नेछ । समस्यामा आफन्तजनको साथ प्राप्त हुनेछ । आयआर्जन राम्रै हुने देखिन्छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्राको अवसर जुट्नेछ । तर, पुरानो समस्याले केही झमेला आइलाग्ने सम्भावना छ । दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ, सजग रही व्यवहार गर्नु उचित होला ।

तुला – प्रतिष्ठा, मान-सम्मान आदि पाइने दिन भएपनि विश्वासमा पारेर झुक्याउनेहरूले सताउन सक्छन् । सहयोगीहरूको भर नपर्नुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष वृद्धि होला । कामको तारिफ हुनाले उत्साह बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । यात्रामा विशेष लाभ होला । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण रहला ।

वृश्चिक – आजको दिन ब्यस्तता केही बढ्नेछ भने मेहनत एवं परिवारजनको सहयोगले लाभ उठाउन सकिनेछ । घरायसी काम बन्नेछन् । तर, परिस्थितिअनुसार चल्न नसक्दा दुःख पाइनेछ । सहयोगीहरूले पनि विपक्षीलाई साथ दिनाले नियमित काममा चुनौती देखिएलान् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । सोचेको काम पनि नबन्न सक्छ । पराक्रममा भने कमी आउनेछैन । आरोग्यबल बढ्नेछ ।

धनु – परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने बौद्धिक र रचनात्मक कार्य बन्नेछ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिएला । साथ दिनेहरू बढ्नेछन् । आयआर्जनका स्रोत वृद्धि होला । व्यापार–व्यवसायमा पनि राम्रै फाइदा हुने समय छ । व्यस्तता बढेपनि फलदायी कार्यले सन्तुष्टि दिलाउनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

मकर – प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइएला । प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ । इच्छाशक्ति बढ्नुका साथै लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । विभिन्न अवसर जुटे पनि अरूलाई जथाभावी वचन दिने सास्ती दिनसक्छ, ध्यान राख्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ – आजको दिन प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन् । अधिकारका लागि केही संघर्ष हुन सक्छ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । अर्थअभाव खट्किए पनि चिताएको काम सम्पादन गर्न सकिनेछ । दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने योग छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । सामर्थ्य वृद्धि हुनेछ । आरोग्यता रहनेछ ।

मीन – मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । हिम्मतले काम बनाउन सकिनेछ । मनमा डरको भाव रहेपनि तार्किक क्षमता एवं बोलीको प्रभाव बढ्नेछ । आर्जित धन खर्च हुन सक्छ तर आफ्नै प्रयासले लाभ मिल्नाले क्रयशक्ति वृद्धि होला । आरोग्यबल बढ्नेछ । प्रतिस्पर्धीलाई हराउन सकिनेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।