✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख १४ गते तद्अनुसार सन् २०२५ अप्रिल २७ तारिख आइतबार बैशाख कृष्ण पक्षको अमावश्या तिथि अश्विनी नक्षत्र प्रीति योग चतुष्पाद करण आनन्दादिमा आनन्द योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३० मा भयो र सूर्यास्त साँझ १८ः३५ मा हुनेछ । आमाको मुख हेर्ने दिन ।
आजको राशिफल
मेष – विभिन्न अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने प्रकारको दिन छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा होला । हठ गर्ने बानीले दुःख पाइएला । जागिरमा पनि सावधान रहनु उचित हुनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने देखिन्छ । विछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । विगतका कमी–कमजोरीलाई सुधार गर्ने मौका जुर्नसक्छ । आजको दिन साथीभाइसँग विशेष सन्तुलित व्यवहार गर्नुहोला ।
वृष – रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । केही खर्च लागे पनि सोचेको काम बन्नेछ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । यात्रापरक काम बन्नेछ । परिवारिक सुख र आफन्तको साथ मिल्नेछ ।
मिथुन – मेहनतले प्रतिस्पर्धाको दौड जिताउनसक्ने समय छ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रचनात्मक कार्यले फाइदा दिलाउला । धर्मकर्म एवम् सामाजिक क्रियाकलापमा आकर्षण बढ्नेछ । आँट साहस पराक्रम बढ्नाले शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
कर्कट – आजको दिन केही चुनौयुक्त रहला । समयलाई पछ्याउन नसक्दा दुःख पाइनेछ । भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न कठिन पर्ने देखिन्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने योग छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । सरसापटमा धन खर्च हुनसक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ । महत्वपूर्ण योजनाहरु थाती राख्नु उचित हुनेछ ।
सिंह – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । जटिल काम पनि सहजै सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिने देखिन्छ । दाम्पत्यसुखका साथै प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ बढ्नेछ । इष्टमित्रको साथ–सहयोग मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्नेछ ।
कन्या – परिस्थिति अलिक प्रतिकूल रहेको अनुभूति भएपनि सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट राम्रै धनलाभ होला । रोकिएका काम सम्पादन हुनेछन् । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । बिछोडिएका आफन्तसँग भेटघाट हुने योग छ । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
तुला – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने योग भएपनि नियमित कार्यबाट फुर्सद मिल्नुका साथै यात्रा गर्ने अवसर जुट्न सक्छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । प्रेमभावका साथ आरोग्यबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहनेछ ।
वृश्चिक – टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने समय छ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । विरोधिले पनि प्रशंसा गर्ने देखिन्छ । तर, लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्ने योग रहेकोले आर्थिक कारोबारमा सजगता अपनाउनु हितकर होला । आजको दिन सवारीसाधनको प्रयोगमा पनि विशेष सावधानी अपनाउनु उचित हुनेछ । आरोग्यबल बढ्नेछ ।
धनु – आजको दिन प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त भएपनि सहयोगीहरूको भरपर्दा काममा बाधा पुग्न सक्छ । पढाइलेखाइमा खासै समय दिन नसकिएला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला । साँझदेखि कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – समय शुभदायी छ । विभिन्न अवसर, सहयोग र उपहार प्राप्त हुने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट होला । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । पशुपालन तथा कृषि क्षेत्रबाट विशेष लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति होला । आफन्तको साथ मिल्नेछ । सुख सुविधाको वस्तु हासिल हुनुका साथै सुख विलास पनि बढ्नेछ ।
कुम्भ – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत हुनसक्ने योग छ । मित्रजन सहयोगी बनेर देखापर्नेछन् । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुऱ्याउनुहोला, पछि काम बिग्रनाले मन खिन्न हुनसक्छ । यात्रागत कार्य सार्थक रहने देखिन्छ ।
मीन – मिश्रित फलदायी समय छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । काम बिग्रने डरले सताए पनि मेहनत गर्दा सफलता नै मिल्नेछ । थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुने देखिन्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानमा विशेष ख्याल राख्नु उचित हुनेछ ।
प्रतिक्रिया