आजको पञ्चाङ्ग एवम् राशिफल (१५ वैशाख २०८२ सोमबार, २८ अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ वैशाख २०८२ सोमबार, २८ अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख १५ गते तद्अनुसार सन् २०२५ अप्रिल २८ तारिख सोमबार बैशाख शुक्ल पक्षको प्रतिपदा तिथी भरणी नक्षत्र आयुष्मान योग किम्स्तुघ्न करण आनन्दादिमा चर योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२९ मा भयो र सूर्यास्त साँझ १८ः३५ मा हुनेछ । ललितपुर मत्स्येन्द्रनाथ रथारोहण ।

आजको राशिफल

मेष – नियमित कार्य सामान्य रहेपनि समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । होसियारीसाथ काम लिने प्रयत्न गर्नुहोला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । पहिलेका समस्या दोहोरिन सक्ने योग छ । स्वास्थ्य केही कमजोर रहनसक्छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – मिश्रित फलदायी समय छ । प्रक्रिया नमिल्नाले पहिलेको काम दोहोऱ्याउनुपर्ने हुन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् साथै सहयोग गर्नेहरू पनि कमै भेटिनेछन् । आलोचकहरूले सताउन सक्छन् । जिम्मेवारी बढ्नुका साथै बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने याग छ । बौद्धिक तथा रचनात्मक काममा सफलता मिल्नेछ । प्रतिकुलतामा परिवारजनको साथ–सहयोग रहनेछ ।

मिथुन – प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने समय छ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । साझेदारी काममा राम्रो फाइदा हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले मन प्रशन्न रहला । शत्रुमाथि विजय प्राप्त होला । रसराग एवम् खेलकुदका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कर्कट – महत्वपूर्ण अवसर प्राप्त हुनुका साथै कीर्तिमानी काम गर्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । दाम, इनाम र प्रतिष्ठा आर्जन हुनेछ, तर खर्च पनि केही वृद्धि होला । मित्रजनको साथ–सहयोगले नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ । कार्यगति बढ्नुका साथै यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

सिंह – दिन केही चुनौतीयुक्त रहला । खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ । विपक्षी तथा इर्ष्यालुजन सक्रिय हुन सक्छन् । समयको पावन्दीलाई ख्याल गर्न नसक्दा महत्वपूर्ण अवसर गुम्ने देखिन्छ । व्यवसायमा पनि खर्चअनुरुपको फाइदा नहुन सक्छ । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादनमा असर पर्ला । बौद्धिक काममा सफलता मिल्नेछ । मित्र एवम् परिवरजनको साथ रहनेछ ।

कन्या – आजको दिन अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । फाइदाका पछि लाग्दा सम्बन्ध बिग्रन सक्छ । व्यापारमा फाइदा हुनेछ भने आँटले प्रतिस्पर्धीलाई हराउन सकिनेछ । तर, साँझपख परिस्थिति अलिक प्रतिकूल बन्ने देखिन्छ, सजग रहनुहोला । आँटले अवसर दिलाउनेछ भने अवसरले उत्साह जगाउने योग छ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउन सकिनेछ ।

तुला – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले आम्दानी बढाउन सकिएला । श्रमको उचित मूल्यांकन हुनेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । आरोग्यबल बढ्नेछ । आजको कामबाट आकस्मिक किसिमले धनलाभ हुन सक्छ । सहयोगीहरूले उत्साह जगाउनेछन् । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ । सामाजिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण रहला । बौद्धिक चिन्तनले नयाँ विचार जन्माउन सक्छ । तार्किक क्षमता बढ्नेछ र अध्ययन–अध्यापनमा प्रगति हुनेछ । यात्रागत कार्य सार्थक रहला । रोकिएको काम मिहेनतले बन्नेछ । आरोग्यता रहनेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – नियमित कार्यमा केही चुनौती देखापरेपनि मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । चुनौती पन्छाउँदै होसियारीसाथ काम लिनुपर्ने समय छ । ब्यक्तिगत फाइदाको पछि लाग्दा साथीभाइ टाढिन सक्छन्, ध्यान रख्नुहोला । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । चुनौतीका बाबजुद प्रेमभाव वृद्धि तथा सुख विलास पनि बढ्नेछ । बौद्धिक तथा रचनात्मक कार्यको सफलताले विशेष सन्तुष्टि प्रदान गर्ने योग छ ।

मकर – सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । काम बिग्रने डरले सताउन सक्छ । व्यवसायमा समस्या देखापर्न सक्छ । चिताएका काममा बाधा हुनुका साथै परिस्थितिले अप्ठ्यारो मोडमा पुऱ्याउने देखिन्छ, सजग रहनुहोला । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । साझेदारीको काम बन्ने छ

कुम्भ – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । शुभचिन्तकहरूको सहयोग जुट्न सक्छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । चिताएको कामले राम्रै लाभ दिलाउनेछ भने व्यापारमा पनि फाइदा हुने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । पराक्रम वृद्धि भइ कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने तथा अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । नयाँ कामको प्रस्ताव आउनेछ । तर, कुनै महत्वपूर्ण योजना अघि बढाउने सोचमा हुनुहुन्छ भने बाधा पर्ने सम्भावना छ, आजका लागि थाती राख्नु उचित होला । आरोग्यबल बढ्नेछ । रसरागको भाव वृद्धि होला ।