आजको पञ्चाङ्ग एवम् राशिफल (१६ वैशाख २०८२ मंगलबार, २९ अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ वैशाख २०८२ मंगलबार, २९ अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख १६ गते तद्अनुसार सन् २०२५ अप्रिल २९ तारिख मंगलबार बैशाख शुक्ल पक्षको द्वितीया तिथि कृतिका नक्षत्र सौभाग्य योग बालव करण आनन्दादियोगमा गद योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२८ मा भयो र सूर्यास्त साँझ १८ः३६ मा हुनेछ । त्रिपुष्कर योग, परशुराम जयन्ती ।

आजको राशिफल

मेष – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । भौतिक साधन जुट्नाले प्रशन्नता मिल्ला । तर, अरूका लागि बुद्धि खर्चनुपर्नेछ । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । गोपनीयतामा ध्यान पुऱ्याउनु उचित होला । दिनको पछिल्ले प्रहर स्थितिमा सुधार आउनेछ । मित्रजनको सहयोग प्राप्त हुनुका साथै अनुकूलता वृद्धि भइ रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – नौलो प्रकृतिको काम शुभारम्भ गर्ने समय छ । बिनाप्रतिस्पर्धा धनलाभ हुने देखिन्छ । छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त होला । विभिन्न भौतिक साधन संग्रह गर्ने योग छ । दीगोरूपमा आर्थिक लाभ हुने काम प्रारम्भ गर्ने योजनामा हुनुहुन्छ भने उचित बेला छ । कुनैपनि कार्यमा बलजफ्ती भने नगर्नु उचित हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने र अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सहज तरिकाले सम्पादन हुन सक्छन् । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल हुनेछ । उपलब्धिले थप उत्साह जगाउने देखिन्छ । कतै अतिथिको रूपमा सम्मान पाइएला । लगानी वृद्धिका साथै व्यस्तता केही बढ्नेछ । स्वास्थ्य सबल रहनेछ ।

कर्कट – समय शुभदायी छ । दाम, इनाम र प्रतिष्ठा आर्जन हुने देखिन्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट विशेष लाभ मिल्ला । हिम्मत गर्दा पुरुषार्थी कामहरू सम्पादन हुन सक्छन्, समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रेम र मित्रताको बन्धन कसिने योग छ । बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धामा उत्रनुपरे पनि जित तपाईंकै हुनेछ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता होला । खेलकूद र भ्रमण जस्ता मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह – रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यवसायमा राम्रै फाइदा हुने देखिन्छ । तर, स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । सबल स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुऱ्याउनु उचित हुनेछ । मध्याह्नपछि व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । योजना र बजेट बनाइ आर्थिक कारोबार गर्ने प्रयत्न गर्नुहोला । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति रहनेछ ।

कन्या – श्रमको उचित मूल्य प्राप्त नहुने र अरूका काममा महत्वपूर्ण समय बित्नसक्ने समय छ । तपाईंको मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । अवसरवादीहरूले झुक्याउन सक्छन् । कमजोर मानसिकताले पछि परिएला । तथापि, घरेलु समस्याले सताए पनि प्रयत्न गर्दा विभिन्न उपलब्धिमूलक काम सम्पादन हुने देखिन्छ । शुभचिन्तकहरूले सहयोगका लागि तत्परता देखाउनेछन् । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

तुला – लामो समयदेखि रोकिएका काम सम्पादन गर्न सकिने समय छ । हिम्मतले काम बनाउन सकिएला । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । इर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने देखिनछ । कमजोरी लुकाउने प्रयत्न नगर्नु हितकर हुनेछ । कसैलाई बेसुरमा वचन दिनाले सास्ती मिल्नसक्छ, ध्यान दिनुहोला । साथीभाइको सहयोगले रोकिएको काम बन्नेछ । रसरागमा आकर्षण बढ्नेछ ।

वृश्चिक – आजको दिन चिताएको काममा सफलता मिल्ने देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । कतै अतिथिका रूपमा सम्मान पाइएला । शुभचिन्तकहरूले तपाईंका योजनामा साथ दिनेछन् । व्यवसायिक यात्राको सम्भावना छ । अवसर जुटाउन सक्छ । सामर्थ्य वृद्धि हुनेछ । ऋण, रोग र शत्रुलाई जित्ने क्षमता अभिवृद्धि होला ।

धनु – आजको दिन केही चुनौतीयुक्त रहला । इर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति होला । आश्वासन दिनेहरूको भरपर्दा काम बिग्रन सक्छ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुने योग छ । बाध्यतामा अलमलिनुपर्दा महत्वपूर्ण काम रोकिन सक्छ । यात्रापरक काम भने बन्नेछ । परिवारिक सुखले उत्साह बढाउला । आफन्तजनको साथ मिल्नेछ ।

मकर – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । अवसरवादीहरूले अप्ठ्यारोमा पार्ने प्रयत्न गर्न सक्छन्, सजगताको खाँचो छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कुम्भ – दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ भने पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । व्यापारमा राम्रै फाइदा होला । रोकिएका काम बन्नुका साथै विभिन्न अवसरसमेत प्राप्त हुनसक्छन् । नसोचेको धनलाभ हुने योग छ । साथीभाइ एवम् परिवारजनको सहयोग प्राप्त हुनेछ । समस्याकको समाधान मिल्नेछ ।

मीन – नयाँ काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूको साथ जुट्नाले मनमा उत्साह बढ्ला । व्यापार–व्यवसायमा राम्रै धनलाभ हुनेछ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउने देखिन्छ । प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । विभिन्न उपहार प्राप्तिको योग छ । पराक्रम वृद्धिका कारण शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तजनको साथ मिल्नेछ ।