जापानको सबैभन्दा वृद्ध जीवित व्यक्तिका रूपमा चिनिएकी ११५ वर्षीया ओकागी हयाशीको हृदयघातका कारण निधन भएको छ ।
जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले हयाशीको हृदयघातका कारण मृत्यु भएको सोमबार पुष्टि गरेको हो ।
सेप्टेम्बर १९०९ मा जन्मिएकी हयाशीको गत शनिबार (२६ अप्रिल) गिफु प्रान्तको आफ्नो गृहनगर टोकीस्थित एक अस्पतालमा निधन भएको हो ।
गत वर्षको डिसेम्बरमा ११६ वर्षको उमेरमा ह्योगो प्रान्तको आसिया शहरकी एक महिलाको निधन भएपछि उनी जापानकै सबैभन्दा वृद्ध व्यक्ति बनेकी थिइन् ।
हयासीको मृत्युसँगै अब जापानको सबैभन्दा वृद्ध व्यक्ति आइची प्रान्तको कोटाकी ११४ वर्षीया माइन कोन्डो बनेकी छन् ।
प्रतिक्रिया