आजको पञ्चाङ्ग एवम् राशिफल (१७ वैशाख २०८२ बुधबार, ३० अप्रिल २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (१७ वैशाख २०८२ बुधबार, ३० अप्रिल २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं.२०८२ बैशाख १७ गते तद्अनुसार सन् २०२५ अप्रिल ३० तारीख बुधबार ज्येष्ठ शुक्ल पक्षको तृतीया तिथि रोहिणी नक्षत्र शोभन योग तैतिल करण आनन्दादिमा शुभ योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२७ मा भयो र सूर्यास्त साँझ १८ः३६ मा हुनेछ । अक्षय तृतीया, शिवपार्वती विवाह महोत्सव ।

आजको राशिफल

मेष – कृषि कार्यमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने समय छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिएला । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । तर, अवसरवादीहरूले फसाउने चेष्टा गर्न सक्छन्, विशेष योजना गोप्य राख्नु उचित हुनेछ । बाध्यताले अनावश्यक अलमल बढाउने तथा सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्ने योग छ, होसियार रहनुहोला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – नियमित कार्यमा सहजता र पठन-पाठनमा प्रगति हुने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने विशेष सभा–समारोहमा सहभागी बन्ने मौका जुट्न सक्छ । आश्वासन दिनेले झुक्याउन सक्छन्, सजग रहनुहोला । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु हितकर हुनेछ । विशेष कार्य स्थगित हुनाले मन खिन्न रहला । कमजोरीले चिन्ता बढाउन सक्छ । यात्रापरक काम बन्नेछ । परिवारिक सुखको अवस्था रहला ।

मिथुन – शुभदायी समय छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । रचनात्मक कार्य प्रारम्भ गर्न सकिनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । दाम्पत्य जीवन पनि रमाइलो रहनेछ । आम्दानी तथा आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदै हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । समग्रमा दिन रमाइलो नै छ ।

कर्कट – चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने दिन छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउन सकिनेछ भने उपलब्धि मिलेको अनुभूति होला । जीवनशैलीमा परिवर्तन आउन सक्छ । आजको काममा खर्च लागे पनि दिगो फाइदा हुने काम प्राप्त हुने देखिन्छ । बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानसक्छ, होसियार रहनुहोला । साथीभाइको सहयोगले रोकिएको काम बन्नेछ ।

सिंह – मिश्रित फलदायी समय छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने देखिन्छ । पहिलेका समस्या दोहोरिन सक्छन् । मुख्य काममा बाधा हुँदा मन खिन्न रहला । प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा आश मारेको कार्यको फल प्राप्त हुन सक्छ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक सुख मिल्नेछ ।

कन्या – शुभदायी समय छ । भाग्यबल वृद्धि भइ सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ भने नयाँ कामको प्रस्ताव आउने सम्भावना छ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले कामको तारिफ गर्नेछन् । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुने देखिन्छ । कार्यगति बढ्नेछ ।

तुला – बोलीको भरमा काम सम्पादन हुने र मान-सम्मान बढ्नेछ समय छ । चुनौतीहरू स्वतः हट्नेछन् भने भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम मिहिनेतले बन्नेछ ।

वृश्चिक – शुभता र सामर्थ्य वृद्धि हुने समय छ । नयाँ काममा सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइएला । कामको चापबाट मुक्त रही विश्राम पाइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ । पढाइलेखाइमा खासै समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । दामपत्य सुख बढ्नेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । आरोग्यल बढ्नेछ ।

धनु – आजको दिन समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विगतका कमी–कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त होला । धन आर्जनके योग छ । विछोडिएका परिवारजनसँग भेटघाट हुने सम्भावना छ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले दुःख पाइएला । स्वास्थ्य केही कमजोर रहनाले चिताएको काम प्रभावित हुन सक्छ । जिम्मेवारी भने बढिरहनेछन् ।

मकर – दिन केही चुनौतीयुक्त रहला । सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, व्यवहारमा लचकता अपनाउनु उचित होला । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइ भेटिनेछन् । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । प्रतिकलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।

कुम्भ – सुकार्यले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुट्नाले आँटेका कामहरू पनि सजिलै बन्नेछन् । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा राम्रे साथ दिनेछन् । विगतको श्रमबाट राम्रै धनलाभ हुने देखिन्छ । मिठो भोजन प्राप्त हुनेछ । सामथ्र्य वृद्धि भइ कुनैपनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – श्रमको उचित मूल्यांकन हुने र गरेका कामबाट राम्रै लाभ मिल्ने समय छ । नयाँ काम र आम्दानीका नयाँ स्रोत फेला पर्न सक्छन् । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउला । सामाजिक कामको दायित्व बढ्ने देखिन्छ । पराक्रम वृद्धि होला । मिठो भोजन प्राप्त हुनेछ । आरोग्यता रहनेछ भने सुख विलास बढ्नेछ ।