✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धर्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ वैशाख १९ गते तद्अनुसार सन् २०२५ मे २ तारिख शुक्रबार बैशाख शुक्ल पक्षको पञ्चमी तिथि आद्र्रा नक्षत्र सुकर्म योग बालव करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ मा भयो । आद्यशङ्कराचार्य जयन्ती ।
आजको राशिफल
मेष – ठूलाबडाको साथ, सहयोग र आशीर्वादले रोकिएको काम बन्नसक्ने समय छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयास गर्न सक्छन्, सजग रही व्यवहार गर्नुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा सफलता मिल्नेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ ।
वृष – मिश्रित फलदायी समय छ । परोपकार र धार्मिक क्षेत्रमा मन जाला । रोकिएका काम सम्पादन हुनेछन् भने बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना छ । आजको दिन मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ, संयम राख्नुहोला । सवारी साधनको प्रयोगमा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिने योग छ । पठनपाठनमा राम्रै प्रगति हुने देखिन्छ । आरोग्यबल बढ्नेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।
मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । शत्रुहरूको चलखेल बढे पनि तिनले हानी पुऱ्याउन सक्ने छैनन् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज शुभदायी होला । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ, ध्यान राख्नुहोला । रोकिएको काममा इष्टमित्रको सहयोग प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – रोकिएको काम बन्ने तथा उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुने समय छ । आफूभन्दा वरिष्ठ व्यक्तित्वका साथमा सुमधुर सम्बन्ध बन्नेछ, जसबाट सम्भावनाका नयाँ ढोका खुल्न सक्छन् । बन्दव्यापारबाट फाइदा हुनेछ भने आर्थिक पक्ष सबल नै रहने देखिन्छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दै हुनुहुन्छ भने राम्ररी मोलतोल गर्नु हितकर होला । आरोग्यबलका साथै सुख बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । रसराग तथा मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला ।
सिंह – चुनौती र अप्ठ्यारा हटाउन गरिएको प्रयास सफल हुने समय छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी तथा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्नेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ, ध्यान राख्नुहोला । पारिवारिक सुखशांति बढ्नेछ ।
कन्या – नयाँ जिम्मेवारी हातपर्ने समय छ । आर्थिक पक्ष सबल हुने देखिन्छ । स्वास्थ्यमा केही समस्या देखापर्न सक्छ, ध्यान राख्नुहोला । परिवारमा पाहुनाको चाप बढ्ने र तिनको आवागमनमा ज्यादा समय दिनुपर्ने अवस्था निम्तने सम्भावना छ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । यात्रागत कार्यमा मित्रजनको सहयोग प्राप्त हुनेछ । पराक्रमका साथ कार्यगति बढ्नेछ । अध्ययन–अध्यापनमा पनि राम्रै प्रगति हुने योग छ ।
तुला – सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रो लाभ हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन तथा अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्ने योग छ । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । यशवर्चश्व बढ्नेछ ।
वृश्चिक – दौडधुप बढ्ने र आफ्नो लागि भन्दा अरुको काममा ज्यादा समय दिनुपर्ने दिन छ । आर्थिक पक्ष सुदृढ रहला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । तथापि, मनमा दोधारको अवस्था सिर्जना हुने देखिन्छ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नु हितकर होला । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता मिल्नेछ । सुख–सुविधाको वस्तु खरिदमा खर्च हुनसक्छ, योजना र बजेट बनाइ आर्थिक क्रियाकलाप गर्नु उचित हुनेछ ।
धनु – नियमित कार्यमा चाप बढ्ने दिन छ । पारिवारिक सहयोग प्राप्त होला । दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ । व्यावसायिक ब्यस्तताका कारण प्रेम सम्बन्धमा पनि प्रभाव पर्ने सम्भावना छ । स्वास्थ्यमा अलिक कमजोर रहला । कतै टाढाको यात्रा हुने सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु हितकर होला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मकर – मिश्रित फलदायी दिन छ । बोलीको विपरीत अर्थ लाग्न सक्ने योग रहेकोले बोली र व्यवहारलाई नियन्त्रणमा राख्नु हितकर होला । कल्पना र भावनामा केन्दित भइने देखिन्छ । तथापि, नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । शारीरिक स्फूर्ति बढ्ला । परिणाममुखी काममा लगानीको समय छ । आरोग्यबल बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । चुनौतीका बाबजुद दायित्व निर्वाह गर्नुहुनेछ ।
कुम्भ – पारिवारिक वातावरण खासै अनुकूल नरहेपनि पराक्रम र उत्साह बढ्नेछ । शरीरमा उत्साह र उमङ्ग प्राप्त होला । स्वास्थ्य सबल रहनेछ र काममा पनि विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । प्रेमभाव बढ्नेछ । यात्रामा मिठो भोजन प्राप्त होला । आत्मविश्वासले चिताएको काममा सफलता मिल्नेछ ।
मीन – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्ने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने योग छ । पराक्रम वृद्धिले नियमित कार्यमा जाँगर बढ्ला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । सुख विलास बढ्नेछ ।
प्रतिक्रिया