आजको पञ्चाङ्ग एवम् राशिफल (२० वैशाख २०८२ शनिबार, ३ मे २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० वैशाख २०८२ शनिबार, ३ मे २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम सम्बत्सर वसन्त ऋतु वि.सं. २०८२ वैशाख २० गते तद्अनुसार सन् २०२५ मे ३ तारीख शनिबार वैशाख शुक्ल पक्षको षष्ठी तिथि पुनर्वसु नक्षत्र धृति योग तैतिल करण आनन्दादिमा छत्र योग चन्द्रमा मिथुन राशिमा राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२४ मा भयो । विश्व प्रेस स्वतन्त्रता दिवस ।

आजको राशिफल

मेष – अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषि, पशुधनबाट पनि विशेष लाभ मिल्नेछ । सञ्चित धन बढ्नेछ । आमोदप्रमोदमा रमिरहने योग छ ।

वृष – कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने समय छ । तर, खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ला । आफ्नै कमजोरीले विवादमा परिने योग छ । आँटेको काममा सफलता मिले पनि अरुबाट आलोचना हुने, नियमित काममा बाधा आउने, धनमाल हराउन सक्ने सम्भावना पनि रहेको छ । प्रतिकुलताका बाबजुद पराक्रम बढ्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – प्रतिभाको उच्च मूल्यांकन हुने समय छ । रोकिएका काम बिस्तारै बन्नेछन् । तर महत्वपूर्ण कार्य समयमै पूरा नहुनाले असन्तुष्टिको भाव पैदा हुन सक्छ । केही अस्वस्थताको अनुभूतिका बाबजुद जिम्मेवारी भने बढिरहने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना पनि छ । जीवनसाथीको समस्याले चिन्ता बढाउने योग छ । अध्ययन–अध्यापनमा मन नलागे पनि आत्मविश्वास बढ्ला ।

कर्कट – आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । भेटघाटको अलमलले महत्वपूर्ण कार्यमा प्रभाव पार्न सक्छ, समयको व्यवस्थापनका लागि सजग रहनु हितकर होला । कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने देखिन्छ । आरोग्यबल र आम्दानी बढ्नेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ भने शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । प्रेमजीवन सुखद रहनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानलगायत क्रियाकलापमा सावधानी अपनाउनुहोला । उत्साहवद्र्धक समाचार सुन्न पाइने योग छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । सामर्थ्य वृद्धि भइ प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ । मनोरञ्जनात्मक यात्रा तथा रसरागका कार्यक्रममा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – स्थायी सम्पत्ति बढाउन सकिनेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्ने समय छ । आयबका साथै सुख वृद्धि हुनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । कृषिकर्ममा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा विशेष रुचि रहनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।

तुला – बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउला । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्ने योग छ । साहसिक काममा आकर्षण बढ्नेछ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ ।

वृश्चिक – अवसर बुझेर काम गर्न सके महत्वपूर्ण उपलब्धि हासिल हुन सक्ने समय रहेकोले समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । विशेष कामको प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । परिवार तथा साथीभाइको सहयोग प्राप्त होला, साथै धनलाभको पनि योग रहेको छ । सुख सुविधाको वस्तु खरिदमा रुचि जागृत हुनेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – आजको दिन लगनशीलताले राम्रै उपलब्धि दिलाउला । समय लागे पनि महत्वपूर्ण कार्य सम्पादन हुनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न रहला । जटिल काममा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदाको योग छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ ।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा होला । आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरणको योग छ । यात्रागत कार्यमा आंशिक सफलता मिल्नेछ । प्रेमभावका साथ दाम्पत्यसुख बढ्नेछ । स्वादिष्ट भोजनमा मन रमाउला ।

कुम्भ – समय शुभदायी छ । नयाँ काम पाइने सम्भावना छ । स्वास्थ्य केही कमजोर रहनसक्ने देखिन्छ, सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु उचित होला । आलस्यले गर्दा महत्वपूर्ण अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । अति आवश्यक अवस्थामा बाहेक आजको दिन आर्थिक कारोबार नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – मिश्रित फलदायी समय छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग रहेपनि अरूको भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुने सम्भावना प्रवल छ । आफन्त एवम् परिवारजनको साथ मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजनको आनन्द उठाउन पाइएला ।