✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख २२ गते तद्अनुसार सन् २०२५ मे ५ तारिख सोमबार बैशाख शुक्ल पक्षको अष्टमी तिथि अश्लेषा नक्षत्र वृद्धि योग बालव करण आनन्दादिमा सौम्य योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२४ मा भयो र सूर्यास्त साँझ १८ः३९ बजे हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा, श्रीपशुपतिनाथ दमनार्पण ।
आजको राशिफल
मेष – मिश्रित फलदायी समय छ । तपाईंका कमी-कमजोरीप्रति मित्र एवम् आफन्तजनले टीका-टिप्पणी वा गुनासो गर्लान् । महत्वपूर्ण अवसर गुम्नसक्ने सम्भावना रहेकोले ध्यान दिएर कार्य गर्नुहोला । कठोर मेहनतले आंशिक सफलता दिलाउनेछ । सत्कार्यमा जुट्नाले पछिको लागि लाभ मिल्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ भने यात्रागत कार्यमा सफलता मिल्नेछ । इष्टमित्रको सहयोगले समस्या समाधान हुने योग छ ।
वृष – आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्ने दिन छ । कीर्तिमानी काम सम्पादन गर्न सकिएला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन् । मनोरञ्जनात्मक क्रियाकलापमा मन रमाउला । शुभ समाचार प्राप्त हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – उच्च महत्वाकांक्षाका साथै आत्मविश्वासका कारण सोचेको काम पूर्ण रुपमा सम्पादन हुनसक्ने समय छ । केही खर्च लागे पनि चिताएको काम बन्ने देखिन्छ । व्यवसायमा लगानी बढाउने मौका जुर्ला । साथीभाइहरुबाट पनि फाइदा उठाउन सकिने योग छ । प्रतिद्वन्द्वीले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिनेछ । गुमेको प्रतिष्ठा लगनशीलताले दिलाउला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा आजको दिन मन खिन्न रहन सक्छ । अस्वस्थताका बीच कामको बोझ बढ्ने देखिन्छ । आज कुनै अवसर प्राप्त भए पनि कुरा लगाउनेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुऱ्याउनु हितकर होला । खर्च बढ्ने र आर्थिक अभावले सताउने योग छ । तथापि, विपरीतलिंगी वा केही हितैषी मित्रहरूले साथ दिनेछन् । आरोग्यबल बढ्नेछ । सन्तानपक्षबाट सुख-सन्तोष मिल्नेछ ।
सिंह – बौद्धिक रचनात्मक र कलात्मक काममा विशेष सफलता मिल्ने समय छ । पारिवारिक सुखशान्ति रहनेछ । तर, विशेष पदमा रहेका वा राजनीतिक व्यक्तित्वबाट धोका हुनसक्ने योग छ । कुनै नयाँ योजनामा अघि बढ्दै हुनुहुन्छ भने आजको दिन थाती राख्नु उचित हुनेछ । स्वास्थ्य केही कमजोर रहन सक्छ, खानपानमा सजक रहनुहोला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । प्रेम वा दाम्पत्यजीवन सुखद रहनेछ । यात्रा मनोरञ्जनपूर्ण रहनेछ ।
कन्या – नयाँ काममा हात हाल्ने समय आएको छ । कृषि व्यवसाय तथा पशुधनबाट विशेष फाइदा होला । आयबल वृद्धि हुनेछ भने विशेष उपहार हातलागी हुने सम्भावना छ । पढाइलेखाइमा पनि प्रगति हुने देखिन्छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिनेछ । गीतसंगीत र रसरागात्मक कक्रियाकलापमा विशेष आकर्षण रहला । यात्रागत कार्य सार्थक रहनेछ ।
तुला – कर्मबल वृद्धि हुन वृद्धि हुने र साथीभाइले काममा सहयोग जुटाउने समय छ । विपरीतलिंगीहरूको माध्यमबाट विशेष लाभ होला । प्रेम र मित्रताको बन्धन कसिने देखिन्छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । दोहोऱ्याएर प्रयत्न गरे रोकिएका काम बन्नेछन् । परिवारिक भेटघाटले मन आनन्दित रहला । स्वास्थ्य सबल रहनेछ ।
वृश्चिक – विशेष अवसर प्राप्त भए पनि इर्ष्या गर्नेहरूले दुःख दिनसक्ने समय छ । आफ्नाबाटै धोका मिलेको अनुभूति होला । अनायसै खर्च बढ्न पनि सक्छ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला । स्वास्थ्यमा कमजोरी एवं काममा अवरोध आउनाले मन खिन्न रहने देखिन्छ । धनमाल हराउने, चोरी वा ठगीमा परिने योग रहेकोले सजगताको दरकार छ । सबल स्वास्थ्यका लागि सावधानी अपनाउनु हितकर होला ।
धनु – दौडधुप बढ्ने र आम्दानी भन्दा बढी खर्च गर्नुपर्ने समय छ । आशा देखाउनेहरूले फसाउन सक्छन् । अर्थअभावले काम रोकिने सम्भावना छ । लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल पाइएला । आजको दिन ठूला ब्यक्तिबाट मानसम्मान प्राप्त हुने योग पनि छ । मित्रहरूको साथ मिष्ठान्न भोजन प्राप्त होला । नजिकका साथीभाइ आज टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध गाँसिने देखिन्छ ।
मकर – विशिष्ट व्यक्तित्वको सहयोगबाट विशेष अवसर मिल्ने समय छ । दिगो आम्दानी हुने काम सुरु हुनेछ । नसोचेको ठाउँबाट धनलाभ हुने योग छ । विगतका कमजोरी सच्याउने मौका मिल्नेछ । तथापि, परिवारजनमा असमझदारी र मित्रजनसँग वैरभाव बढ्ने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष सावधानी अपनाउनु हितकर होला । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजताको अनुभूति होला ।
कुम्भ – अधैर्यपना बढ्नुका साथै काम नबन्ने डरले सताउन सक्ने समय छ । उठ्नुपर्ने रकम हातलागी नहुँदा आर्थिक अभावले सताउन सक्छ । आजको दिन यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा विशेष सजगता अपनाउनु हितकर हुनेछ । पढाइलेखाइको काममा खासै मन नजाला । चुनौतीका बाबजुद सामर्थ्य बढ्नेछ । बौद्धिक एवम् रचनात्मक कार्यमा विशेष सफलताको योग छ ।
मीन – केही अवसर जुटे पनि आज परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । सोचेको काम समयमा नबन्नाले असन्तोष बढ्ने समय छ । स्वास्थ्य पनि केही कमजोर रहला । नियमित जिम्मेवारीका कार्य पनि स्वभाविक ढङ्गले सम्पादन गर्न नसकिने देखिन्छ । भोजभतेरको निम्तो आए पनि नियमित कामकै चिन्ताले सताउन सक्छ । प्रतिकुलताका बाबजुद परोपकारको भाव वृद्धि हुनेछ । साझेदारीको काम बन्नेछ ।
प्रतिक्रिया