✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ वैशाख २३ गते तद्अनुसार सन् २०२५ मे ६ तारिख मंगलबार बैशाख शुक्ल पक्षको नवमी तिथि मघा नक्षत्र ध्रुव योग तैतिल करण आनन्दादिमा कालदण्ड योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा भयो र सूर्यास्त साँझ १८ः४० मा हुनेछ । सीता जयन्ती ।
आजको राशिफल
मेष – व्यावसायिक काममा खर्च बढ्ने र अरूका काममा महत्वपूर्ण समय बित्ने देखिएपनि आजको दिन सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि चाहिँ सोचविचार राख्नु उचित होला । यात्रागत कार्य सार्थक रहनेछ । साथीभाइको सहयोग मिल्नेछ । आफन्तजनको सहयोगले कार्यगति बढ्ने योग छ ।
वृष – सुखदायी समय छ । आज आयआर्जन राम्रै हुनेछ भने कतै अतिथिका रूपमा सम्मान प्राप्त हुने देखिन्छ । स्वास्थ्य सबल रहला । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । प्रेमभावका साथै आँट वृद्धि होला । आजको ज्यादा समय मनोरन्जनमा ब्यतीत भएर जाने देखिन्छ ।
मिथुन – आजको दिन सहयोगीहरूको मात्र भरपर्दा सबै काम नबन्न सक्छन्, तर पनि वित्तादि लाभ हुने समय छ । कृषि-चौपायामा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउनेछ । पढाइलेखाइमा समय दिन नसकिए पनि दैनिक क्रियाकलाप सन्तोषजनक रहनेछ । परिवारिक सुख बढ्नाले उत्साह जागृत होला । ।
कर्कट – आजको दिन केही चुनौतीयुक्त रहला । स्वास्थ्य कमजोर रहनाले नियमित काम सम्पादनमा असर पर्ने देखिन्छ । समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुम्न सक्छ । आज छरछिमेकमा विवादको सम्भावना रहेकोले संयमता अपनाइ व्यवहार गर्नु उचित हुनेछ । रुपैयापैसा हराउने तथा आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ, सावधान रहनुहोला । प्रतिकुलताका बाबजुद बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । आफन्तको सहयोगबाट समस्याको समाधान प्राप्त हुनेछ ।
सिंह – काम बिग्रने डरले सताएपनि व्यापार ब्यवसायमा बढी नै फाइदा हुने समय छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । अरुलाई आश्वासन दिनबाट आज बच्ने प्रयास गर्नुहोला, अन्यथा पछिसम्म सम्बन्धमा असर पर्न सक्छ । मान–सम्मानमा ठेस पुग्ने योग छ, बोली र व्यवहारमा संयमताको दरकार छ । महत्वपूर्ण कार्यका लागि यात्रा गर्दै हुनुहुन्छ भने थाती राख्नु उचित हुनेछ । रसरागको भाव वृद्धि हुने देखिन्छ ।
कन्या – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । परोपकारजन्य क्रियाकलापमा मन जाला । मंगलमय कृत्य सम्पादन गर्न सकिनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग छ । विभिन्न सहयोग र उपहार प्राप्तिको सम्भावना छ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।
तुला – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । आयबल बढ्नेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । कार्यसिद्धिका लागि महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । यशवर्चश्व बढ्नेछ ।
वृश्चिक – आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहन सक्छ । मुख्य काममा बाधा हुने देखिन्छ, विशेष योजना थाती राख्नु उचित होला । भौतिक साधनमा खराबी आइ कार्यतालिका गडबड हुनसक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहने देखिन्छ । पढाइलेखाइमा खासै मन नजाला । कर्मबल बढेपनि लगानीअनुसारको प्रतिफल नपाइन सक्छ । खर्च गर्नुअघि योजना र बजेट बनाउनु हितकर हुनेछ । शत्रुपक्ष कमजोर रहनेछन् ।
धनु – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । अध्ययन–अध्यापनमा प्रगति होला । तर, महत्वपूर्ण काम बिग्रने डरले सताउन सक्छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्ने सम्भवना रहेकोले सजगता अपनाइ कार्य गर्नुहोला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । मनोरञ्जन तथा रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने आमाको माध्यमबाट आर्थिक कार्य सुल्झाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने देखिन्छ । आजको दिन अरूका विषयमा चासो लिँदा विवादमा परिने योग रहेकोले सजग रही व्यवहार गर्नुहोला । असावधानीले अनावश्यक ठाउँमा धन खर्च हुन सक्छ । जोखिम बढेपनि यात्रागत कार्यमा सफलता मिल्नेछ ।
कुम्भ – दिन खासै उत्साहजनक नरहला । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहने देखिन्छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या रहन सक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्ने योग छ । नगरेका गल्तीको सजाय भोग्नुपर्ला । चुनौतीका बाबजुद साझेदारीको काम बन्नेछ । मित्रजनका साथ मिठो भोजन प्राप्त हुनेछ ।
मीन – अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेले झुक्याउन सक्छन्, सचेत रहनुहोला । आजको दिन स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । खानपानमा सावधानी अपनाउनु उचित हुनेछ । लेनदेनमा विवादको योग भएकोले आर्थिक कारोबार सकभर नगरेकै राम्रो होल । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनुहोला । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ ।
प्रतिक्रिया