आजको पञ्चाङ्ग एवम् राशिफल (२५ वैशाख २०८२ बिहीबार, ८ मे २०२५)

आजको पञ्चाङ्ग एवम् राशिफल (२५ वैशाख २०८२ बिहीबार, ८ मे २०२५)


आजको पञ्चाङ्ग

श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख २५ गते तद्अनुसार सन् २०२५ मे ८ तारिख गुरूवार बैशाख शुक्ल पक्षको एकादशी तिथि उत्तरा फाल्गुनी नक्षत्र हर्षण योग बव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः११ मा भयो र सूर्यास्त साँझ १८ः४१ बजे हुनेछ । मोहिनी एकादशी व्रत, रेडक्रस दिवस ।

आजको राशिफल

मेष – आजको दिन भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । व्यवसायमा आम्दानी बढ्ने देखिन्छ । तर आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्, सजग रहनुहोला । श्रमको उचित मूल्य नमिल्न सक्छ । नियमित कार्य सुचारु रहेपनि थप कामको जिम्मेवारीले ब्यस्तता बढाउने देखिन्छ । इर्ष्या गर्नेले दुःख दिन सक्छन् । समस्यामा इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – मिश्रित फलदायी समय छ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सकिएला । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । आयआर्जन राम्रै होला । तर, विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । आजको लाभांश सुरक्षित वा सञ्चय नहुनसक्ने देखिन्छ । सरसापटमा धन खर्च हुने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – एउटै कामबाट दोहोरो लाभ मिल्ने र बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिने समय छ । तपाईंको प्रतिभाको कदर हुनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका जुर्ला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ । कुनैपनि समस्याको समाधान प्राप्त हुने देखिन्छ ।

कर्कट – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । ब्यवसायमा राम्रै लाभ हुने योग छ, तर अरूको मात्र भर पर्दा धोका हुनसक्ने सम्भावनातर्फ सजग रहनु उचित हुनेछ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुहोला । पहिलेको उपलब्धिले अध्ययन कार्यमा उत्साह जगाउनेछ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । पराक्रमका साथै आरोग्यबल बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

सिंह – ठूलै प्रयत्न गर्दा पनि सामान्यमात्र फाइदा हुने समय छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला । अरूको सुझावमा भर नपर्नु उचित हुनेछ । कसैसंग सामान्य मनमुटाव हुनसक्ने योग छ । केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । तथापि, रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।

कन्या – केही चुनौती बढ्ने दिन छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला । परिवारजनको सहयोग लिँदा सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । आरोग्यबल बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।

तुला – सामाजिक काममा रुचि बढ्नेछ भने गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्ने समय छ । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । प्रयत्न गर्दा रोकिएका घरेलु काम सुचारु हुनेछन् । व्यवसायमा खर्च वृद्धि हुने योग छ । गीतसंगीत एवम् रसरागात्मक काममा आकर्षण रहला । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

वृश्चिक – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने समय छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । तथापि, व्यावसाय विस्तारका लागि सुखद यात्राको अवसर जुट्ने देखिन्छ । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभको योग छ । व्यापार-व्यवसायमा लाभ मिल्नेछ । मान र विद्या प्राप्तिसँगै आय वृद्धि होला । रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ ।

धनु – आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । नियमित कार्यमा व्यवधानका साथै जोश–जाँगरमा कमी आउन सक्छ । पठनपाठन एवम् लेखन कार्यमा पनि खासै समय दिन नसकिएला । न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु हितकर होला । नचिताएको ठाउँमा धननाश हुने सम्भावना रहेकोले आर्थिक कार्यमा विशेष सजगताको खाँचो छ ।

मकर – कीर्तिमानी काम सम्पादन हुनसक्ने समय छ । केही प्रतिस्पर्धा गर्नुपर्ला, तर कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । प्रतिष्पर्धीहरूको चलखेल बढ्नाले चुनौती सामना भने गर्नुपर्ने देखिन्छ । नयाँ काममा हात हाल्ने समय आएको छ । भाग्यबल बढ्नेछ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुन सक्छ । आरोग्यबल वृद्धि होला । शत्रुपक्ष परास्त हुनेछ ।

कुम्भ – सानो प्रयत्नले पनि ठूलो काम सम्पादन हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत हुने देखिन्छ । दौडधुप बढेपनि चिताएका काम क्रमशः सम्पादन हुनेछन् । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मीन – परोपकार वा सामाजिक कार्यमा मन जाने र सेवामूलक कामबाट धनलाभ हुने समय छ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ । आफन्त एवम् परिवारजन टाढिएलान् । वैदेशिक क्षेत्रको कार्यबाट लाभ उठाउन सकिनेछ । पढाइलेखाइमा सामान्य प्रगति होला । यात्राको अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । साझेदारीको काममा विशेष लाभ होला । समस्याको समाधान मिल्नेछ ।