✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४७ नेपाल सं. ११४५ सिद्धार्थीनाम संवत्सर वसन्त ऋतु वि.सं. २०८२ बैशाख २८ गते तद्अनुसार सन् २०२५ मे ११ तारिख आइतबार बैशाख शुक्ल पक्षको चतुर्दशी तिथि स्वाती नक्षत्र व्यतिपात योग गर करण आनन्दादिमा लुम्ब योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः१९ मा भयो । नृसिंहजयन्ती ।
आजको राशिफल
मेष – रचनात्मक काममा जुट्ने समय छ । रमाइलो तरिकाले कामहरु गर्न सकिनेछ । सामान्य प्रयासबाटै काममा महत्वपूर्ण सफलता मिल्नेछ भने अधुरा काम पनि बन्नेछन् । साथीभाइले काममा सहयोग जुटाउने योग छ । प्रेमभावका साथ सन्तानसुख बढ्नेछ । यात्रागत कार्यमा सफलता मिल्नेछ ।
वृष – आजको दिन कामको बोझले थाकेको महसुस होला । घर–गृहस्थीमा पनि समस्या आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्दा मन खिन्न रहने सम्भावना छ । आजको निर्णय गलत ठाउँमा पर्न सक्छ । कडा प्रायस गरे पनि सफलता हात नलाग्ने योग छ । वादविवादबाट बच्न विशेष चनखो रहनुहोला । बौद्धिक काममा सफलता मिल्नेछ ।
मिथुन – मनमा दुविधा रहन सक्ने दिन छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । सामाजिक कामले भने नाम दिलाउने देखिन्छ । प्रेमभाव बढ्ला । शिक्षा क्षेत्रमा विशेष सफलता हासिल गर्न सकिनेछ । ब्यापारबाट राम्रै लाभ हुने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नाले जस्तोसुकै समस्याको पनि समाधान प्राप्त हुनेछ ।
कर्कट – सामाजिक कार्यका लागि नेतृत्वदायी भुमिकामा खटिनुपर्ने समय छ । यसबाट मान प्रतिष्ठा वृद्धि होला । काम बन्नाले मन रमाउनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । भौतिक सुख–सुविधाको साधन प्राप्ति हुने योग छ । अधुरो कार्य साथीभाइको सहयोगले अघि बढ्न सक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
सिंह – पारिवारिक सुखशान्ति बढ्नुको साथै कार्यमा सफलतमा मिल्ने समय छ । रमाइलो यात्रा हुनसक्ने देखिन्छ । बोलीमा सजगता नअपनाए झूटा आरोप लाग्नसक्ने योग छ । साहित्यिक कार्यमा मन जानेछ । आजको दिन सोच्दै नसोचेको स्थानबाट लाभ मिल्ला । आरोग्यबल बढ्नेछ । रसरागमा विशेष ध्यान जाला ।
कन्या – चुनौतीयुक्त समय छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । पीडा दिनेहरु सक्रिय रहन सक्छन्, सवधान रहनुहोला । खर्च वृद्धिको योग छ । सबल स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।
तुला – आजको दिन चुनौतीहरू सजिलै पार लाग्नेछन् । बुद्धिविवेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुने देखिन्छ । आर्थिक पक्ष सबल बन्नेछ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । आरोग्यबल बढ्नेछ । घरमा पाहुना आगमनको योग छ । यशवर्चश्व बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ । सुखद यात्राको योग छ ।
वृश्चिक – आँटेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने समय छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष फाइदा हुनेछ । व्यापार–व्यवसायमा फाइदा होला । प्रतिस्पर्धीहरू पराजित हुनेछन् । रोकिएको कार्य मिहिनेतले पूरा हुनेछ । आरोग्यबल बढ्नेछ । शत्रु परास्त गर्ने क्षमतामा वृद्धि हुनेछ ।
धनु – घरायसी समस्याले केही सताए पनि गरेका कार्य सफल हुनाले मन सन्तुष्ट रहने छ । मित्र वर्गबाट साथ सहयोग पाइनेछ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान मिल्ला । कमाइ राम्रैसँग हुने देखिन्छ । कतिपय अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनसक्ने योग छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । गीतसंगीत एवम् रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – खर्चको मात्रा केही बढेपनि नयाँ काम सुरु गर्न सकिने समय छ । नियमित कार्यमा ढिलासुस्ती आउनुका साथै आर्थिक हानी हुन सक्छ, सावधान रहनुहोला । स्वास्थ्य केही कमजोर रहने देखिन्छ । अरूको भर पर्दा काममा धोका हुन सक्छ । कर्मबल बढ्नाले भएको दायित्व पूरा गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ ।
कुम्भ – मिश्रित फलदायी समय छ । स्वास्थ्यमा देखिने समस्याले नियमित काम एवं पढाइलेखाइ प्रभावित हुने सम्भावना छ । काममै समय बिताए पनि सोचेजस्तो फाइदा हुने छैन । आमाबाट प्राप्त धनको उपयोगबाट केही लाभ उठाउन सकिएला । अन्य बन्न लागेको काम बिग्रन सक्छ । बाध्यतापूर्ण कार्यमा समय बित्ने योग छ ।
मीन – नयाँ काम सुरु गर्ने समय छ । ब्यवसायबाट विशेष लाभ हुने देखिएपनि कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । आर्थिक पक्ष सन्तोषजनक नै रहेको छ । आफन्तको साथ मिल्नेछ । स्वास्थ्य केही कमजो र रहनसक्छ । तर दौडधुप भने बढ्ने देखिन्छ ।
प्रतिक्रिया